वासिङ्टन डिसीमा मार्च ३१ सम्म लम्ब्याइयो स्वास्थ्य संकटकाल  « Khabarhub

वासिङ्टन डिसीमा मार्च ३१ सम्म लम्ब्याइयो स्वास्थ्य संकटकाल 


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको वासिङ्टन डिसीमा स्वास्थ्य सङ्कटकालको समयावधि लम्वब्याइएको छ ।

स्वास्थ्य सङ्कटकाल आगामी मार्च ३१ सम्मका लागि कायमै राख्ने निर्णय भएको मेयरको कार्यालयले जनाएको छ ।

“आज मेयर मुरिएल बोसेरले एउटा आदेश जारी गर्दै कतिपय गतिविधिमा प्रतिवन्ध लगाउनु भएको छ,” कार्यालयका एक अधिकारीले भने ।

स्वास्थ्य सङ्कटकाल लगाइएको बारेमा सरकारी अधिकारीले शुक्रबार बेलुका जानकारी दिएका हुन् ।

विषेश गरेर क्रिसमस र नयाँ बर्ष मनाउनका लागि धेरै भीडभाड तथा चहलपहल हुने र त्यही क्रममा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिने खतरा देखिएकाले सङ्कटकाल लम्ब्याइएको उनीहरुको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले गत बर्षको मार्च ११ तारिखमा कोरोनाभाइरसको असरलाई महामारी घोषणा गरेको थियो ।

कोरोनाभाइरसका कारण विश्वभरी अहिलेसम्म सात करोड ५६ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १६ लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।

ती मध्ये सबैभन्दा धेरै अमेरिकामा मात्रै तीन लाख १३ हजारभन्दा बढीको मृत्यु भएको र एक करोड ७४ लाखभन्दा बढी सङ्क्रमित भएको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ६ : २६ बजे

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि

आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ को

गृहमन्त्री अर्यालद्वारा विभिन्न जिल्लाका मतदानस्थलको अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र

प्रतिनिधिसभा निर्वाचन : आयोगको ‘कल सेन्टर’मार्फत चार हजार बढी जिज्ञासा सम्बोधन

काठमाडौं – निर्वाचन आयोगले आममतदाता तथा सरोकार भएकाहरूको निर्वाचनसँग सम्बन्धित

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

गण्डकी – गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा