राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीकाे एक घण्टा छलफल | Khabarhub Khabarhub

राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीकाे एक घण्टा छलफल


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहानैदेखि पार्टीका नेताहरूसँगको छलफलमा जुटेका प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

भेटका विषयमा केही नखुलाइए पनि पार्टीभित्रको विवाद र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विषयमा छलफल भएकाे बुझिएको छ ।

करीब एक घण्टा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरी प्रम ओली बालुवाटार फर्किएका थिए ।  नेकपा विवाद चरम उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीको दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ ।

प्रधानमन्त्री ओलीले आजै  कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए । त्यसलगत्तै उनले गृहमन्त्री  रामबहादुर थापालगायतका मन्त्रीसँग समेत भेटवार्ता गरेका थिए ।

अध्यक्ष दाहालसँगको भेटमा ओलीले ‘प्रस्ताव’ फिर्ता लिन पुरानै अडान दोहोर्‍याएका थिए ।

यो पनि पढौँ

ओलीको भेटघाटले साम्य होला नेकपाको विवाद ?

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १० : ५४ बजे

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्