संसद विघटनको सबैतिरबाट प्रतिबाद गर्न डा.भट्टराईको आह्वान « Khabarhub

संसद विघटनको सबैतिरबाट प्रतिबाद गर्न डा.भट्टराईको आह्वान


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावको सबैतिरबाट प्रतिवाद गर्न पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आह्वान गरेका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटन गर्ने ओलीको कदमले नेपालको शासकीय प्रणालीमा सुधार गर्नु पर्ने अवस्था आएको पनि बताए ।

प्रधानमन्त्री केपी ओलीले आइतबारको मन्त्रिपरिषद बैठकबाट संसद विघटनको सिफारिस गरेका थिए।

भट्टराईले उनको कदमले नेपालको शासकीय प्रणालीमा सुधार गर्नुपर्ने देखाएको र त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्णसमानुपातिक संसद व्यवस्था हुनुपर्ने बताए।

‘यसमा मेरो निजी विचार रहँदै आएको छ। अहिलेको प्रधानमन्त्रीको कदमले नेपालको शासकीय प्रणालीमा रहेको त्रुटी र त्यसलाई सच्याउनुपर्ने कुरा फेरि पुष्टि गर्छ,’ भट्टराईले ट्वीटरमा भिडिओमार्फत् भनेका छन्।

उनले प्रधानमन्त्रीको कदम असंवैधानिक भएकाले यसमा सबै राजनीतिक दल र नागरिकलाई सुधार गर्न आवाज उठाउन अपिल गरेका छन्।

उनले संसद विघटनको प्रस्ताव अत्यन्त दुखद् एवं लोकतन्त्रको मर्म र संविधानको प्रावधानविपरीत भएको पनि बताए।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ११ : २५ बजे

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल