‘कबड्डी ३’ मा प्रदीप खड्का- वास्तविकता एउटा, हल्ला अर्कै « Khabarhub

‘कबड्डी ३’ मा प्रदीप खड्का- वास्तविकता एउटा, हल्ला अर्कै


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता प्रदीप खड्काले पछिल्लो फिल्म ‘लभ स्टेशन’ असफल भएपछि केही महिना फिल्ममा अभिनय नगर्ने सोचमा छन् । एकपछि अर्को गर्दै फिल्म फ्लप भइरहेका बेला केही मिडियामा भने प्रदीप खड्का फिल्म ‘कबड्डी ३’ बाट ‘आउट’ भएका समाचार प्रकाशित भए । समाचारका अनुसार ‘लभ स्टेशन’ असफल भएपछि रामबाबु गुरुङले फिल्म ‘कबड्डी ३’ बाट प्रदीप खड्कालाई आउट गरेका थिए ।

यता प्रदीपले भने फिल्म ‘कबड्डी ३’ मा अभिनय गर्नेबारे औपचारिक कुरा नभएको, बरु मिडियाले फिल्ममा ‘भित्र्याउने’ र ‘आउट’ गराएको गुनासो गरेका छन् । उनले निर्देशक रामबाबु गुरुङसँग फिल्म ‘बेली’ का लागि भेट भएको र सोही क्रममा अनौपचारिक रुपमा ‘कबड्डी ३’ मा पनि ‘सामान्य’ कुरा भएको दावी गरे ।

‘रामबाबु दाइसँग मेरो फिल्म ‘बेली’ का लागि भेट भएको हो, उहाँले अनौपचारिक रुपमा अर्को फिल्ममा पनि काम गर्नुपर्छ भन्नुभएको थियो, मैले पनि हुन्छ भनेको हो,’ अभिनेता खड्काले खबरहबसँग भने, ‘अनौपचारिक कुरा त अरुसँग पनि हुन्छ नि, सामान्य भेट हुँदा पनि भइहाल्छ नि ।’

साथै उनले फिल्म ‘लभ स्टेशन’ पछि केही समय फुर्सदमा भएको र त्यही समयमा फिल्मको शूटिङ भयो भने अभिनय गर्न समय मिल्ने भएकाले ‘समय मिल्यो भने गरौँला’ भनेको बताए । अब भने फिल्म ‘प्रेम गीत ३’ का लागि तयारी गर्नुपर्ने भएकाले आफूले नभ्याउने भनेर निर्देशक रामबाबुलाई भनेको पनि उनले सुनाए ।

पछिल्लो समय अभिनेता प्रदीप खड्का फिल्म ‘लभ स्टेशन’ मा जसिता गुरुङसँग देखिएका थिए । उनले साइन गरेका केही फिल्मको छायांकन हुन बाँकी छ । फिल्ममा खासै क्रेज देखाउन नसके पनि उनको माग भने बढ्दो छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १२ : ४१ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६