संक्रमण बढेपछि यूरोपेली केही मुलुकमा फेरि लकडाउन घोषणा « Khabarhub

संक्रमण बढेपछि यूरोपेली केही मुलुकमा फेरि लकडाउन घोषणा


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्व समुदायले कोभिड–१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहँदा फेरि संक्रमण फैलिएको भन्दै युरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् ।

केही सातायता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि फेरि लकडाउन गर्नु परेको बेलायती अधिकारीहरूले बताएका छन् ।

बेलायतमा कोरोना भाइरसको खोप लगाउने प्रक्रिया चलिरहँदा पनि यसको प्रभावलाई कम गर्न लकडाउनको विकल्प नभएको विशेषज्ञहरुले सुझाब दिएपछि युरोपेली मुलुकहरूले लकडाउनको विकल्प रोजेका हुन् । बेलायतले महामारी नियनत्रणका लागि चौथो चरणको प्रतिबन्धात्मक नियमहरू जारी गरेको छ ।

कोरोना भाइरसको तेश्रो लहर शुरु भएको अष्ट्रेलियाको भिक्टोरिया राज्य र सिड्नी शहरमा कोरोना नियन्त्रणका लागि सीमा नाका बन्द गरिएको छ ।

सिड्नीको उत्तरी क्षेत्रमा कोरोना संक्रमितहरुको दर बड्दै गएपछि भिक्टोरियाको क्षेत्रीय प्रसासनले सीमा नाका बन्द गर्ने र सर्वसाधारणलाई १४ दिन बाहिर निस्कन नदिने निर्णय गरेको हो ।

यसैगरी कोभिड–१९ बाट बढी प्रभावितमध्येको अर्को यूरोपेली मुलुक इटलीमा पनि सोमबारबाट १५ दिनसम्म महामारी नियन्त्रणका विभिन्न उपायलाई सक्रिय गरिएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष र क्रिश्चियन धर्मावलम्बीहरूको प्रमुख चाडलाई महत्व दिइने ती मुलुकहरूमा पर्व र नयाँ वर्षका समय ठूला जमघट र आवागमन हुने सम्भावनालाई मध्यनजर गर्दै प्रतिबन्ध लगाएका हुन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ५ : ४५ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद