श्रीलंका बम आक्रमण : मृत्यु हुनेको संख्या १३७ पुग्यो « Khabarhub

श्रीलंका बम आक्रमण : मृत्यु हुनेको संख्या १३७ पुग्यो


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाको राजधानी कोलम्बोस्थित केही गिर्जाधर (चर्च) र होटलमा भएको आक्रमणमा परि मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।

इस्टर पर्वको प्रार्थनाका लागि भेला भएकालाई लक्षित गरी चर्चामा आक्रमण गरिएको थियो । आक्रमणकारीहरुले २ वटा होटल र अन्य १ ठाउँमा गरी ६ ठाउँमा श्रृङखलाबद्ध बम विस्फोट गराएका थिए ।

आक्रमणकारीले कोलम्बोसहित बट्टिकोला, नेगङ्बो लगायत ठाउँमा पनि आक्रमण गरेका थिए ।

बीबीसीका अनुसार कोलम्बोमा मात्रै मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

यस्तै बट्टिकोलमा ५० जनाको ज्यान गएको हुनसक्ने जनाइएको छ । प्रहरीले भने अहिलेसम्म २५ जनाको शव प्राप्त भएको जनाएको छ ।

बम धमाकामा करिब ४ सय ४० जना व्यक्ति घाइते भएका जनाइएको छ ।

मृत्यु हुनेमध्ये ९ जना विदेश रहेका जनाइएको छ ।

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा श्रंखलावद्ध विस्फोट गराइएको जनाइएको छ ।

हरेक वर्षको अप्रिल महिनामा पूर्णिमा पछिको पहिलो आइतबारको दिन इस्टर पर्व मनाइन्छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १ : १९ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्