विवादमा फस्यो कंगनाको फिल्म, नाम फेर्न माग « Khabarhub

विवादमा फस्यो कंगनाको फिल्म, नाम फेर्न माग


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री कंगना रनावत आफ्नो पछिल्लो फिल्म ‘मणिकर्णिका’ का शूटिङको समयदेखि नै कुनै न कुनै कारण चर्चामा आइरहेकी थिइन् । यतिबेला कंगना फेरि चर्चामा त छिन्, तर विवादमा तानिएर ।

उनको अभिनय रहेको फिल्म ‘मेन्टल हे क्या’ को शीर्षकमा नै विवाद उत्पन्न भएको छ । राजकुमार राव र कंगना रनावत स्टारर यो फिल्म जुन महिनामा रिलिज हुँदैछ । फिल्मका पोस्टरले दर्शकको ध्यान तानेको पनि छ । तर, यो फिल्मको पोस्टर र टाइटललाई लिएर मानसिक हेल्थसँग सम्बन्धित व्यक्तिहरुले आपत्ति जनाएका छन् ।

उनीहरुका अनुसार यो फिल्मले दिमागी बिरामीलाई कलंकित देखाउन खोजेको छ ।

इन्डियन साइक्याट्रिक सोसाइटीले सेन्सर बोर्ड, सूचना एवम् प्रसारण मन्त्रालय र पीएमओलाई पत्र लेखेर फिल्मको शीर्षकप्रति आपत्ति जनाएको हो । रिपोर्टसका अनुसार यो फिल्मले मानसिक रोगीमाथि अपमान गरेको छ । उनीहरुको दाबीअनुसार ‘फ्रीडम अफ स्पीच र क्रिएटिभिटी’को नाममा मानसिक रोगीको मजाक उडाउन पाइँदैन ।

सोसाइटीले फिल्मको नाम चेन्ज गर्नका साथै पोस्टर हटाउन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १ : २५ बजे

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको