ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्न  विश्व बैंकले साढे नौ अर्ब सहयोग गर्ने  « Khabarhub

ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्न  विश्व बैंकले साढे नौ अर्ब सहयोग गर्ने 


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार र विश्व बैंकबीच रु साढे नौ अर्ब (आठ करोड अमेरिकी डलर) बराबरको सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा ग्रामीण उद्यम र आर्थिक विकास आयोजनाको वित्तीय सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका हुन ।

आयोजनाको मुख्य लक्ष्य ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन  गर्दै कोभिड–१९ पश्चातको आर्थिक पुनरूत्थानलाई अभिवृद्धि गर्ने रहेको मन्त्रालयले जनाएको छ । यो आयोजना प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्य आर्थिक कोरिडोरमा कार्यान्वयन गरिनेछ ।

यस्तै प्रदेश र स्थानीय सरकार, मध्यस्थकर्ता संस्था तथा साना र मझौला कृषि उद्यमीसँग सहकार्य गर्दै कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्न र उद्यमशीलता र पर्या–प्रणालीको सुदृढीकरणमा खर्च गरिनेछ । त्यसैगरी ग्रामीण उत्पादक समूह र निजी क्षेत्रका क्रेताबीच उत्पादनशील साझेदारीको सहजीकरण गर्दै रोजगारीको सिर्जना गरिने भएको छ ।

अर्थ मन्त्रालयका सचिव ढुङ्गानाले सो आयोजनाले ग्रामीण उद्यम र साना उत्पादक समूहलाई बजार र संस्थागत खरिदकर्तासम्म जोड्ने बताउनभुयो । उनले भने, “कृषि क्षेत्र र बजारको दिगो सम्बन्धलाई स्थापित गर्दै यस आयोजनामार्फत प्रोत्साहित गरिने कृषि व्यवसाय प्रतिस्पर्धाले कोभिड महामारीपश्चात्को आर्थिक पुनःरुत्थानलाई सघाउने छ ।”

विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले आयोजनाले नेपालको कृषि क्षेत्रको रूपान्तरण गर्न र अर्थिक पुनःरूत्थानलाई गति दिने विश्वास व्यक्त गरे ।

“विभिन्न साझेदारसँगको अर्थपूर्ण सहकार्यलाई बढावा दिँदै यस आयोजनाले विशिष्ट नेपाली कृषि उपजहरू जस्तैः कफी, चिया, फलफूल, औषधिजन्य र अन्य उत्पादनलाई विश्व बजारमा पु¥याउन बाटो खोल्नेछ”, उनले भने ।

यसैबीच अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसबीच भेटवार्ता भएको छ । सो अवसरमा सहायता परिचालन बढाएर जाने, पाइपलाइनमा रहेका आयोजनालाई छिटो अघि बढाउनेलगायत विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ७ : ३१ बजे

यस्तो छ रास्वपाको प्रस्तावना नीति सिद्धान्त र कार्यदिशा (दस्तावेजसहित)

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रस्तावना नीति कार्यदिशालाई विधानमा

रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार

मस्को- रुसले युरोपेली मुलुकसँग सम्पर्क र वार्ताका लागि कुनै चेतावनी

‘गृहमन्त्रीज्यू, दक्षिणा होइन, न्याय दिनुहोस्’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय हरेक चेलीको माइतीघर भएको

सरकारी सूचना निर्णयविरुद्ध पत्रकार महासंघको र्‍याली

काठमाडौं– सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने