तपाईंको उमेर कति भयो, लक्षण नदेखिदै रोग पत्ता लगाउन कुन उमेर समूहले के परीक्षण गर्ने ? « Khabarhub

तपाईंको उमेर कति भयो, लक्षण नदेखिदै रोग पत्ता लगाउन कुन उमेर समूहले के परीक्षण गर्ने ?


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नसर्ने रोगहरु उपचार गर्न सकिने र निको हुन सक्ने रोगहरु हुन्छन् । मानिसलाई लाग्ने रोगबारे समयमै सचेत हुन समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

रोग लाग्न नदिन तथा समयमै रोग पत्ता लगाउन चिकित्सकको सल्लाहमा समय समयमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । स्वास्थ्य परीक्षण गराउन मानिसहरु बिरामी नै हुनपर्छ भन्ने छैन ।

स्वास्थ्य परीक्षण गर्दा लक्षण देखिनुअघि नै मानिसमा भएको रोग पत्ता लाग्छ । रोगलाई शूरुवाती अवस्थामै पत्ता लगाउन सकेमा समयमै रोग निको पार्न सकिन्छ र उपचारमा धेरै खर्च पनि हुँदैन । उमेर र लिङ्ग अनुसार विभिन्न किसिमका स्वास्थ्य परीक्षण हुन्छ ।

कुन उमेरका व्यक्तिले के परीक्षण गर्ने ?

–रक्तचाप
१८ देखि ३९ वर्षको उमेर समुहका व्यक्तिले वर्षमा एकपटक रक्तचाप परिक्षण गर्नुपर्छ । मोटोपना, उच्च रक्तचाप भएका व्यक्तिले नियमीत रुपमा रक्तचापको परीक्षण गनुपर्छ ।

– रगतमा चिनीको मात्रा
१८ देखि ३९ वर्ष उमेर समुहका व्यक्तिले हरे ३ वर्षमा एकपटक रगतमा चिनीको मात्रा परीक्षण गराउनुपर्छ । ४५ वर्ष माथिका व्यक्तिहरुले पनि हरेक ३ वर्षमा एकपटक रगतमा चिनीको मात्रा परीक्षण गर्नुपर्छ । शारीरिक निष्क्रियता, परिवारको सदस्यमध्ये कसैलाई मधुमेह भएमा, ९ पाउण्ड भन्दा बढी तौलको बच्चा जन्माएका महिलाहरुमा वा गर्भवती अवस्थामा मधुमेह भएमा,मोटोपनाका, छालाको समस्या, मुटु तथा रत्त रक्तनलीसम्बन्धी समयस्था भएका रगतमा चिनीको मात्रा परीक्षण गराउनुपर्छ ।

–तौल र उचाइ
स्वस्थ जीवन विताउनका लागि हरेक वर्ष एकपटक आफ्नो शरीरको तौल तथा उचाइ परीक्षण गर्नुपर्छ ।

–रगतमा चिल्लो पदार्थको मात्रा
३५ वर्ष उमेर पुगेका पुरुष तथा ४५ वर्ष माथिका महिलाले रगतमा चिल्लो पदार्थको मात्रा परीक्षण गराउनु अनिवार्य छ । यदि तपाईमा मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम कम छ भने हरेक पाँच वर्षमा, यदि मुटु तथा रक्तनलीसम्बन्धी समस्या भएका हरेक दुईवर्षमा एकपटक रगतमा चिल्लो पदार्थको मात्रा परीक्षण गर्नुपर्छ ।

–पिसाब
पिसाबको परीक्षणले तपाईको शरीरभित्र लाग्ने रोगको बारे पत्ता लगाउन सकिन्छ । २० वर्ष उमेर पुगेका व्यक्तिले एकपटक पिसाब परीक्षण गराउनुपर्छ । परिवारमा कुनै सदस्यमा मिर्गौला सम्बन्धी रोग छ भने त्यो परिवारको सदस्यले वर्षमा एकपटा पिसाब परीक्षण गराउनु अनिवार्य छ । यस्तै मुटु रोग, उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिले वर्षमा एकपटक पिसाब परीक्षण गर्नुपर्छ ।

 

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ३ : ०५ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले