चीनलाई उत्तरदायी बनाउने अमेरिकी अभियानलाई साथ दिन विदेशमन्त्री पोम्पिओको आग्रह « Khabarhub

चीनलाई उत्तरदायी बनाउने अमेरिकी अभियानलाई साथ दिन विदेशमन्त्री पोम्पिओको आग्रह


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङ्‌टन– अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले कोरोना भाइरसको प्रकोपको उत्पत्तिलाई ढाकछोप गरिरहेको चीनलाई उत्तरदायी बनाउने अमेरिकी अभियानलाई साथ दिन आग्रह गरेका छन् ।

गत वर्ष डिसेम्बर अन्तिममा कोरोना महामारी चीनको वुहानबाट सुरु भएको थियो । कोरोना महामारीले विश्वभर तहसनहस गरिसकेको छ । अझै पनि यो महामारी नियन्त्रणमा आउन सकेको छैन । महामारीका कारण विश्वलाई ठूलो धक्का लागेको छ । तर, चीन भने यसको जिम्मेवारी लिन तयार देखिएको छैन ।

पोम्पिओले सोमबार न्यूजमेक्समा ‘वेक अप अमेरिका’का लागि रोब स्मितसँगको एक अन्तर्वार्तामा भारतले चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएर भारतीय उत्पादनलाई प्रबर्द्धन गर्ने अभियानलाई प्रशंसा गर्दै उदाहरणको रुपमा प्रस्तुत गरेका छन् ।

“हामीले चीनविरुद्धको अभियान सुरु गरिसकेका छौं, र वास्तवमा तपाईंले देख्‍न सक्नुहुन्छ कि विश्वले चीनलाई उत्तरदायी बनाउन विभिन्‍न प्रयासहरु सुरु भइसकेका छन् । यदी तपाईले अष्ट्रेलिया, भारत र अन्य देशहरू के गरिरहनुभएको छ, हेर्नुभयो देख्‍न सकिन्छ,” पोम्पिओले भने ।

यसअघि अस्ट्रेलियाले पनि चीनमा भएको कोरोना महामारीको उत्पत्तिका लागि स्वतन्त्र अनुसन्धान गरिनुपर्ने माग गरेको थियो । उक्त मागपछि दुई मुलुकबीचको सम्बन्धमा तनाव सिर्जना भएको छ ।

चीनले महामारीबाट विश्वको ध्यान विकेन्द्रित गर्नका लागि विभिन्‍न अधिनायकवादी र विस्तारवादी कदमहरु चालेको थियो । जसमा भारतीय सीमा क्षेत्रमा तनाव सिर्जना, दक्षिण र पूर्वी चीन सागरमा विवाद, हङकङमा राष्ट्रिय सुरक्षा कानुन, तिब्बत र मंगोलियामा धर्म संस्कृति नष्ट गर्ने अभियान सञ्‍चालन गरेको छ ।

विदेशमन्त्री पोम्पिओले चीनले महामारी नियन्त्रणका लागि प्रभावकारी कदम समयमै चालेको भए विश्व जोगिन सक्ने भए पनि चीनले त्यसो नगरेको भन्दै आलोचनासमेत गरेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ९ : २४ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक : मन्त्री पुन

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सरकारले राष्ट्रिय विधि

अमेरिका-इरान सम्झौताप्रति इजरायलमा असन्तुष्टि, विपक्षीले भने : नेतन्याहू प्रभावहीन र निरीह देखिए

तेल अभिभ- इजरायलको डेमोक्रेट्स पार्टीका प्रमुख याइर गोलानले अमेरिका र

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

काठमाडौं– रसुवाको प्रसिद्ध पर्यटकीय स्थल लाङटाङको क्यान्जिन गुम्बालगायत स्थानमा नेपाल

अमेरिका–इरान शान्ति सहमतिले मध्यपूर्वमा स्थायित्वको आशा

एजेन्सी– अमेरिका र इरानबीच शान्ति सम्झौता तथा सबै मोर्चामा सैन्य

युवराज दुलालले भने- दार्चुलामा भारतीय हेलिकोप्टर अवतरणबारे सरकारले जवाफ दिनुपर्छ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले दार्चुलाको