चीनलाई उत्तरदायी बनाउने अमेरिकी अभियानलाई साथ दिन विदेशमन्त्री पोम्पिओको आग्रह | Khabarhub Khabarhub

चीनलाई उत्तरदायी बनाउने अमेरिकी अभियानलाई साथ दिन विदेशमन्त्री पोम्पिओको आग्रह


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङ्‌टन– अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले कोरोना भाइरसको प्रकोपको उत्पत्तिलाई ढाकछोप गरिरहेको चीनलाई उत्तरदायी बनाउने अमेरिकी अभियानलाई साथ दिन आग्रह गरेका छन् ।

गत वर्ष डिसेम्बर अन्तिममा कोरोना महामारी चीनको वुहानबाट सुरु भएको थियो । कोरोना महामारीले विश्वभर तहसनहस गरिसकेको छ । अझै पनि यो महामारी नियन्त्रणमा आउन सकेको छैन । महामारीका कारण विश्वलाई ठूलो धक्का लागेको छ । तर, चीन भने यसको जिम्मेवारी लिन तयार देखिएको छैन ।

पोम्पिओले सोमबार न्यूजमेक्समा ‘वेक अप अमेरिका’का लागि रोब स्मितसँगको एक अन्तर्वार्तामा भारतले चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएर भारतीय उत्पादनलाई प्रबर्द्धन गर्ने अभियानलाई प्रशंसा गर्दै उदाहरणको रुपमा प्रस्तुत गरेका छन् ।

“हामीले चीनविरुद्धको अभियान सुरु गरिसकेका छौं, र वास्तवमा तपाईंले देख्‍न सक्नुहुन्छ कि विश्वले चीनलाई उत्तरदायी बनाउन विभिन्‍न प्रयासहरु सुरु भइसकेका छन् । यदी तपाईले अष्ट्रेलिया, भारत र अन्य देशहरू के गरिरहनुभएको छ, हेर्नुभयो देख्‍न सकिन्छ,” पोम्पिओले भने ।

यसअघि अस्ट्रेलियाले पनि चीनमा भएको कोरोना महामारीको उत्पत्तिका लागि स्वतन्त्र अनुसन्धान गरिनुपर्ने माग गरेको थियो । उक्त मागपछि दुई मुलुकबीचको सम्बन्धमा तनाव सिर्जना भएको छ ।

चीनले महामारीबाट विश्वको ध्यान विकेन्द्रित गर्नका लागि विभिन्‍न अधिनायकवादी र विस्तारवादी कदमहरु चालेको थियो । जसमा भारतीय सीमा क्षेत्रमा तनाव सिर्जना, दक्षिण र पूर्वी चीन सागरमा विवाद, हङकङमा राष्ट्रिय सुरक्षा कानुन, तिब्बत र मंगोलियामा धर्म संस्कृति नष्ट गर्ने अभियान सञ्‍चालन गरेको छ ।

विदेशमन्त्री पोम्पिओले चीनले महामारी नियन्त्रणका लागि प्रभावकारी कदम समयमै चालेको भए विश्व जोगिन सक्ने भए पनि चीनले त्यसो नगरेको भन्दै आलोचनासमेत गरेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ९ : २४ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि