नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम ७ अर्ब नजिक « Khabarhub

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम ७ अर्ब नजिक


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्टक एक्सेन्ज(नेप्से) बुधबार अन्तिम समयसम्म आउँदा सामान्य अंकले बढेको छ ।

कारोबारको सुरुमा परिसचुकको वृद्धिदर हेर्दा सकरात्मक सर्किट लाग्ने आशा गरे पनि ३ बजेसम्म आउँदा ७.०४ अंकले मात्र बढेको छ ।

आज ११ बजे. २०६१.४१ को बिन्दुबाट सुरु भएको कारोबार ०.३४ प्रतिशशतले बढेर २०६८.४५ को बिन्दुमा पुगेको छ ।

सामान्य अंकले बढेको बजारमा बैंकिङ् समूहको १ दशमलव ५८ प्रतिशत, जीवन बीमाको २ दशमलव ८७ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६२ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । यो दिन अन्य समूहको परिसूचक सर्वाधिक २ दशमलव २१ प्रतिशतले घटेको छ ।

त्यस्तै जलविद्युतको १ दशमलव ३४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ५५ प्रतिशत, होटलको शून्य दशमलव ९५ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८१ प्रतिशत, वित्तको शून्य दशमलव ७५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५ प्रतिशत र लघुवित्तको शून्य दशमलव ९४ प्रतिशत परिसूचक घटेको छ ।

शेयर बजारमा रू। ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार बराबरको कारोबार भएको छ । २०३ ओटा कम्पनीको ५१ हजार ३०२ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड १५ लाख ५८ हजार ९९१ कित्ता शेयर कारोबार भएको हो ।

कुल कारोबारमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक रकमको शेयर कारोबार भएको हो । विगत केहि दिनदेखि निरन्तर सर्वाधिक रकमको शेयर कारोबार गर्दै आएको उक्त कम्पनीको बुधवार रू। १ अर्ब ४३ करोड ४४ लाख ९९ हजार बराबरको शेयर कारोबार भएको हो ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ५ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै