षड्यन्त्रपूर्वक गरिएको संसद विघटन सफल हुन दिन्नौँ : अध्यक्ष दाहाल  « Khabarhub

षड्यन्त्रपूर्वक गरिएको संसद विघटन सफल हुन दिन्नौँ : अध्यक्ष दाहाल 


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन लोकतन्त्र, गणतन्त्र र कम्युनिष्ट आन्दोलनविरुद्ध भएको आरोप लगाएका छन् ।

बल्खुमा निर्माणाधीन पार्टी कार्यालयको अवलोकन गरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले भने,‘देशमा कहीँ न कहीँ संसद अप्राकृतिक र असंवैधानिक तरिकाले विघटन गरियो । यो लोकतन्त्र, गणतन्त्र र अहिलेसम्म कम्युनिष्टले प्राप्त गरेका उपलब्धीहरुको विरुद्धमा षड्यन्त्रका रुपमा रहेको छ । यसलाई हामी सफल हुन दिन्नौँ भनेर हामीले पारित गरेका छौं । यहाँ आएर समेत हामीले यो संकल्प दोहोर्‍याउन चाहेका हौँ ।’

पार्टी कार्यालय बनाउने निर्णय आफ्नै अध्यक्षतामा अघिल्लो वर्ष बसेको केन्द्रीय समितिले निर्णय गरेको भन्दै अध्यक्ष दाहालले भने,‘अघिल्लो वर्ष भएको केन्द्रीय कमिटिको बैठकले सबै कम्युनिस्टहरुको भाव झल्कने खालको पार्टी कार्यालय बनाउने निर्णय भएको थियो त्यसैअनुसार हामी यहाँ आएका हौँ ।’

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ४ : ५४ बजे

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट

गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित

गण्डकी– गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज– सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव र्‍याली

बालेनको वाचा : राजा र हिन्दू राष्ट्र फर्काउने होइन, संघीयतालाई अझै बलियो बनाउने हो

काठमाडौं- सुनसरीबाट सुरू भएर मधेश प्रदेशमा पुगेको दुई समुदायको तनावले

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न अध्यक्ष दाहालको आह्वान

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले शान्ति, संयमता, आपसी विश्वास,