प्रदेश १ मा थपिए ५० कोरोन संक्रमित, ५१५ निको भए  « Khabarhub

प्रदेश १ मा थपिए ५० कोरोन संक्रमित, ५१५ निको भए 


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५१५ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

निको हुनेमा होम आइसोलेशनबाट ५०१, मेची अस्पतालबाट पाँच, कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्र विराटनगरबाट चार, विराट मेडिकल कलेज बुढीगङ्गा मोरङबाट तीन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र न्यूरो अस्पताल विराटनगरबाट एक-एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म निको हुनेको सङ्ख्या २६ हजार २९६ पुगेको छ ।

सोही अवधिमा प्रदेशमा ३९० जनाको पीसीआर परीक्षण गरिएकामा २१ महिला र २९ पुरुष गरी ५० सङ्क्रमित थपिएका छन् ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार ५७४ पुगेको छ । हालसम्म २ लाख ६ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएकोछ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ७ : १० बजे

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल