धार्मिक उत्सव एवं चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने राष्ट्रपतिको विश्वास « Khabarhub

धार्मिक उत्सव एवं चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने राष्ट्रपतिको विश्वास


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।

यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाएव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने  विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

राष्ट्रपतिले यसबाट दिगो शान्ति प्रबर्द्धनमा सहयोग पुग्ने र समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई थप प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गरेकी छन् ।

क्रिसमस, विश्वसभरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने पर्व हो ।

इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखलाई धार्मिक -सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँछन् ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ६ : ३५ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई