इजरायलमा फेरि लकडाउन « Khabarhub

इजरायलमा फेरि लकडाउन


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन गरिने भएको छ ।

लकडाउन देशव्यापी हुने र स्थानीय समय अनुसार आगामी आइतबार बेलुका ५ बजे सुरु हुने अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्रीको कार्यालय र स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार जारी संयुक्त वक्तव्यमा अहिले दुई हप्ताका लागि तय गरिएको लकडाउन आवश्यकता अनुसार लम्ब्याउन सकिने उल्लेख गरिएको छ ।

इजरायलमा दैनिक चार हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा तल नझर्दासम्म लकडाउन नहटाउने बताइएको छ ।

लकडाउन अन्तर्गत घरदेखि एक हजार मिटरभन्दा बढी टाढा जान नपाइने व्यवस्था गरिएको वक्तव्यमा उल्लेख छ । एक ठाउँबाट अर्को ठाउँमा गएर बस्न पनि प्रतिवन्ध लगाइने भएको छ ।

सवै व्यावसायिक तथा व्यापारिक कार्यालयहरू बन्द गरिने भए पनि अत्यावश्यक सेवाका कार्यालय भने सूचारु गर्न दिइने अधिकारीले जनाएका छन् ।

काम गर्नेहरूलाई घरबाटै काम गर्न आग्रह गरिने र सार्वजनिक स्थलमा भिडभाड गर्न नपाइने जनाइएको छ ।

सार्वजनिक सवारी साधनहरूमा आधा मात्रै यात्रु राख्न पाइने व्यवस्था गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।

लकडाउनका बेलामा पूर्वप्राथमिक कक्षा, कक्षा एक देखि ४ सम्म र कक्षा ११ र १२ का पढाई मात्रै सञ्चालन गर्न दिइने भएको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ६ : ५० बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच