इजरायलमा फेरि लकडाउन « Khabarhub

इजरायलमा फेरि लकडाउन


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन गरिने भएको छ ।

लकडाउन देशव्यापी हुने र स्थानीय समय अनुसार आगामी आइतबार बेलुका ५ बजे सुरु हुने अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्रीको कार्यालय र स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार जारी संयुक्त वक्तव्यमा अहिले दुई हप्ताका लागि तय गरिएको लकडाउन आवश्यकता अनुसार लम्ब्याउन सकिने उल्लेख गरिएको छ ।

इजरायलमा दैनिक चार हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा तल नझर्दासम्म लकडाउन नहटाउने बताइएको छ ।

लकडाउन अन्तर्गत घरदेखि एक हजार मिटरभन्दा बढी टाढा जान नपाइने व्यवस्था गरिएको वक्तव्यमा उल्लेख छ । एक ठाउँबाट अर्को ठाउँमा गएर बस्न पनि प्रतिवन्ध लगाइने भएको छ ।

सवै व्यावसायिक तथा व्यापारिक कार्यालयहरू बन्द गरिने भए पनि अत्यावश्यक सेवाका कार्यालय भने सूचारु गर्न दिइने अधिकारीले जनाएका छन् ।

काम गर्नेहरूलाई घरबाटै काम गर्न आग्रह गरिने र सार्वजनिक स्थलमा भिडभाड गर्न नपाइने जनाइएको छ ।

सार्वजनिक सवारी साधनहरूमा आधा मात्रै यात्रु राख्न पाइने व्यवस्था गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।

लकडाउनका बेलामा पूर्वप्राथमिक कक्षा, कक्षा एक देखि ४ सम्म र कक्षा ११ र १२ का पढाई मात्रै सञ्चालन गर्न दिइने भएको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ६ : ५० बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि