प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, संवैधानिक इजलासका लागि तोकिए न्यायाधीश « Khabarhub

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, संवैधानिक इजलासका लागि तोकिए न्यायाधीश


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलासमा रहने न्यायाधीश तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकिएका हुन् ।

न्यायपरिषदको सिफारिसमा परेका १४ जना न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश राणाले चार जनालाई तोकेका हुन् ।इजलास तोकिएसँगै आजै प्रतिनिधिसभा विघटनसम्बन्धी सुनुवाइ सुरू हुँदैछ ।

यसअघि बुधबार प्रधानन्यायाधीश राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अरू पनि भएकाले संवैधानिक इजलासमा हेर्ने भन्दै अन्तरिम आदेश दिएको थिएन ।

बुधबार रिट निवेदकका तर्फवाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, शम्भु थापा, दिनेश त्रिपाठी, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी लगायतले बहस गरेका थिए ।

बहसपछि प्रधानन्यायाधीश राणाले प्रतिनिधिसभा विघटन गर्ने एउटै धारा ७६ मात्रै भएकाले त्यसबारेको ब्याख्या संवैधानिक इजलासले गर्ने बताएका थिए ।

राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई नेकपाको दाहाल-नेपाल समूहका सांसदको एउटा संयुक्तसहित १३ वटा रिट दायर भएका छन् ।

रिट निवेदकहरूले प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिसका आधारमा भए/गरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम बदर गर्न निवेदनमा माग गरिएको छ ।

प्रतिनिधिसभा विघटन गरेसंगै राजनीति एकाएक तरंगीत हुँदै सबैको ध्यान सर्वोच्च अदालतमा छ । सर्वोच्चको फैसलाले नै सरकारी निर्णयलाई वैधानिकता प्रदान गर्ने या गैरकानूनी ठहर गर्न सक्नेछ ।

आजको बहसपछि सर्वोच्चले अन्तरिम आदेश वा कारणदेखाउ आदेश पनि दिन सक्ने जानकारहरू बताउँछन् ।

पार्टीभित्र अल्पमतमा परेका ओलीले आफूलाई अविश्वासको प्रस्ताव र राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोगको तयारी भएपछि ५ पुसमा प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । त्यसैदिन राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आउँदो वैशाख १७ र २७ मा मध्यावधि चुनावको मिति तोकिकी छन् ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १० : २३ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको