पुस १४ गते काठमाडौंमा लाखौंको प्रदर्शन हुनेछ : योगेश भट्टराई « Khabarhub

पुस १४ गते काठमाडौंमा लाखौंको प्रदर्शन हुनेछ : योगेश भट्टराई


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आगामी पुस १४ गते काठमाडौँमा विशाल प्रदर्शन गर्ने बताएका छन्।

प्रचण्ड–नेपाल पक्षका नेताहरु कान्तिपथस्थित निर्वाचन आयोग जानुअघि आयोग बाहिर जम्मा भएका प्रदर्शनकारीलाई सम्बोधन गर्दै अब काठमाडौँमा ठूलो प्रदर्शन हुने बताए ।

उनले संसद पुनर्स्थापना नहुँदासम्म र बालुवाटारमा आफ्नो पक्षले चुनेको प्रधानमन्त्री नबस्दासम्म सडक नछाड्ने बताएका छन्।

नेता भट्टराईले भने ‘अब छिट्टै नै प्रधानमन्त्री हाम्रो हुँदैछ। प्रतिनिधि सभा पुनर्स्थापना हुँदैछ । अब यो आन्दोलन देशव्यापी अगाडि बढ्नेछ। पुस १४ गते काठमाडौँमा विशाल प्रदर्शन गरिनेछ । सबै ७७ जिल्लामा यो प्रदर्शन हुनेछ।’

उनले १४ गतेको विशाल प्रदर्शनका लागि तयारी अवस्थामा रहन पनि आह्वान गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  २ : ३३ बजे

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान