पाथीभरा मन्दिर छेउको जंगलमा डढेलो « Khabarhub

पाथीभरा मन्दिर छेउको जंगलमा डढेलो

तीन दिनदेखिको डढेलो अझै नियन्त्रणमा आएन


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– प्रसिद्ध धार्मिकस्थल पाथीभर मन्दिर नजिकैको जंगलमा भीषण डढेलो लागेको छ।

फुङलिङ् नगरपालिका–११ मा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको स्थानीयले बताएका छन् ।

स्थानीय राजेन्द्र महतले दिएको जानकारी अनुसार डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था छैन ।

बिहीबार बेलुकादेखि नै आगो लाग्न थालेको पाइएको बताउँदै महतले स्थानीय शुक्रबार थाहा पाएर प्रहरीलाई खबर गरेको बताए । अहिले हावा पनि चल्न थालेकाले झन आगो फैलिएको भन्दै स्थानीय त्रसित भएका छन् ।

पाथीभरा मन्दिरदेखि डढेलो लागेको स्थल एक किलोमिटर तल पर्छ। आगो तत्काल नियन्त्रणमा लिन नसके मन्दिरसम्मै पुग्ने सम्भावना छ।

आगोले ठूलो फेदी बस्तीमा ल्याएको खानेपानीको पाइप डढेपछि पानी अवरुद्ध भएको छ। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट समेत उक्त स्थानमा धुवाँको मुस्लोसहित आगो दन्किरहेको देखिन्छ। यो रेडपाण्डा पाइने क्षेत्र पनि हो।

आगलागी नियन्त्रणका लागि फुङलिङबाट नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको टोली पठाउने तयारी भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले बताए।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ११ : ५७ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको