कान दुख्दा यसरी गर्नुहोस घरेलु उपचार « Khabarhub

कान दुख्दा यसरी गर्नुहोस घरेलु उपचार


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

धेरै मानिसमा कान दुख्ने समस्या हुन्छ । तर यसलाई हामी वेवास्ता गर्दछौ । हुनत कानको दुखाई आम समस्या हो ।

खासगरी हवाई तथा सडक यात्राको क्रममा धेरैको कान दुख्ने गर्दछ । स–सना बाललिकामा कानको दुखाई बढि हुने गर्दछ ।

किन दुख्छ कान ?
कान दुख्ने धेरै कारण हुनसक्छ । त्यसमा मुख्य कारणहरु निम्न छन्ः
१. कानमा इन्फेक्सन वा कुनै एलर्जी भयो भने कान दुख्ने गर्दछ ।
२. कानमा मैला जम्मा भयो भने पनि कान दुख्न सक्छ ।
३. कानभित्र पानी परेमा समेत कानको दुखाई हुनसक्छ ।
४. कानमा किरा पस्यो वा कुनै कुरा बिझ्यो भनेपनि कान दुख्ने गर्दछ ।

कान दुख्नुको अवाला अन्य विभिन्न रोगका कारणले पनि कानमा समस्या हुनसक्छ । कानको रोगको लक्षणमा कान कम सुन्नु, कान चिलाउनु, कान दुख्नु र कानमा भारिपन महसुश हुनु
मुख्य हुन् ।

कानको दुखाई वा संक्रमणबाट बच्न के गर्ने ?
१. सफा नीमको पातको रसको केही थोपा कानमा हालेमा इन्फेक्सनमा उपयोगी हुन्छ ।
२. दिनमा दुईदेखि तीन पटकसम्म तुलसीको पातको रस केही थोपा कानमा हालेमा कानको दुखाईका साथै इन्फेक्सन कम हुन्छ ।
३. सस्र्युको तेलमा लसुन मिसाएर तताउने । त्यसलाई चिसो भएपछि छानेर केही थोपा कानमा हालेमा कानको समस्यामा राहत दिन्छ । लसुनमा एन्टिवायोटिक एवं एन्टीसेप्टिक गुण हुन्छ, जसले इन्फेक्सन र दुखाई कम गर्छ ।
४. जैतुनको तेलको केही थोपा कानमा राखेमा दुखाईमा रामबाणको काम गर्छ ।
५. कानको दुखाई कम गर्न प्याजको रस प्रयोग पनि उत्तम हुन्छ ।

तर स्मरण रहोस् घरायशी उपचारका अलावा चिकित्सकको परामर्श सबैभन्दा उत्तम हुन्छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : ०० बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण