चिनियाँ प्रतिनिधिमण्डल र नेकपा नेता नेपालबीच भेटवार्ता « Khabarhub

चिनियाँ प्रतिनिधिमण्डल र नेकपा नेता नेपालबीच भेटवार्ता


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल र नेकपाको (दाहाल-नेपाल) समूहका अर्का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा नेता नेपाललाई चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौले भेटवार्ता गरेका हुन् ।

सोमबार विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको टोलीले अहिले पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष माधवकुमार नेपालसँग बानेश्वरस्थित एक होटेलमा भेट गरिरहेको हो।

पूर्वप्रधानमन्त्री नेपालसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौसहित चार जना सहभागी छन्।

भेटवार्तामा नेकपाभित्रको विवादमा चिनियाँ टोलीले चासो दिएको बुझिएको छ ।

आइतबार नेपाल आइपुगेको टोलीले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई र बेलुका नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो।

सो टोलीले आज विहानबाट पनि भेटवार्तालाई तिव्रता दिएको छ । नेपालसँगको भेटअघि टोलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेटेको थियो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १ : ०६ बजे

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६