संसद विघटनविरुद्ध देशभर कांग्रेसको प्रदर्शन शुरु « Khabarhub

संसद विघटनविरुद्ध देशभर कांग्रेसको प्रदर्शन शुरु


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा प्रदर्शन शुरु गरेको छ ।

आज सोमवार कांग्रेसले देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन शुरु गरेको हो ।

मन्त्रिपरिषदको सिफारिसमा पुस ५ गते राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्नेछन् । कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाले भक्तपुरमा गरिने विरोध कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

कांग्रेसले ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै विरोध जनाउँदै आएको छ ।

आज हुने विरोध सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँमा सम्बोधन गर्नेछन् भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमााडौं क्षेत्र नम्बर १ मा सम्बोधन गर्नेछन् ।

यस्तै गगन थापाले नेपालगञ्जमा हुने विरोध कार्यक्रममा सम्बोधन गर्नेछन् । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वरमा हुने सभामा सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  २ : ०६ बजे

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि

ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कारबाहीमा एकै दिन

ज्येष्ठ नागरिकलाई झुल वितरण

टीकापुर– टीकापुर नगरपालिकाले एक नम्बर वडाका १५० जना ज्येष्ठ नागरिकलाई

सरकारले सुकुम्वासीलाई १५ हजार रुपैयाँ घरभाडा दिएपनि कोठा चाहिँ कसले दिने ?

काठमाडौँ- सरकारले गत वैशाख ११ गते काठमाडौंको थापाथली र गैरीगाउँलगायत

मिथिलामा आज ‘वटसावित्री’ पर्व मनाइँदै

महोत्तरी– मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानीले वटसावित्री