बेलायतबाट फर्किएका ५ जनामा संक्रमण पुष्टि, १९३ निगरानीमा « Khabarhub

बेलायतबाट फर्किएका ५ जनामा संक्रमण पुष्टि, १९३ निगरानीमा


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट) को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको जानकारी दिएको छ । जसमध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पीसीआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए । महाशाखाले सोमबार मात्र तीमध्ये १२ जनाको पीसीआर परीक्षण गरेको छ ।

मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैलाई अनिवार्यरूपमा १० दिन होटल क्वरेण्टीनमा बस्न अनुरोध गरेको थियो ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले कोभिड–१९ को विकसित रूप नै नयाँ प्रजातिको भाइरस रहेको बताउनुभयो । ‘भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो’, उहाँले भन्नुभयो, ‘कोभिड–१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।’ उहाँले कोभिड–१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने बताए ।

उनले बेलायत, अमेरिका र अफ्रिकाबाट आएकालाई पीसीआर परीक्षण गरेर क्वरेण्टीनमा राखिएको जानकारी दिए ।

महाशाखाका निर्देशक डाक्टर पाण्डेले पीसीआर परीक्षणबाट नै नयाँ प्रजातिको भाइरस पत्ता लगाउन समस्या भइरहेकाले फेरि परीक्षणका लागि बाहिर पठाउने तयारी पनि भइरहेको जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागरराज भण्डारीले नयाँ प्रजातिको भाइरसका बिरामी कोभिड–१९ जस्तै रहेको र यसले सङ्क्रमण सार्ने दर बढिरहेको जानकारी दिए ।

उनका अनुसार ती सङ्क्रमितको उपचार पनि कोभिड–१९ का बिरामीको जसरी नै गरिन्छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ४ : २० बजे

फेरि पक्राउ परे व्यवसायी शंकर अग्रवाल

काठमाडौं- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ परेका छन्

के विश्वविद्यालयको सम्बन्धन परिवर्तन नगरे यी कलेजका शैक्षिक कार्यक्रम बन्द हुन्छन् ?

काठमाडौं– सरकारले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन संशोधनको मस्यौदामा सुझाव माग

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको

मिसेस नेपालको आवेदन खुल्यो

काठमाडौं – विवाहित महिलाका लागि सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख

काठमाडौं– नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले