संसद विघटन गरेर ओलीले ‘कायरता’ प्रदर्शन गरे : नेता थापा | Khabarhub Khabarhub

संसद विघटन गरेर ओलीले ‘कायरता’ प्रदर्शन गरे : नेता थापा


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर कायरता प्रदर्शन गरेको आरोप लगाएका छन् ।

संसद विघटनको विरोधमा कांग्रेसले घोषणा गरेको देशव्यापी विरोध कार्यक्रम अन्तगर्गत नेपालगञ्जमा भएको सभामा उनले प्रधानमन्त्रीले आफ्नो रक्षाका लागि संसद नै विघटन गर्नु ‘कायरता’बाहेक अरुक केही नभएको तर्क गरे ।

ओलीले संविधान बमोजिम संसदको अधिवेशन नबोलाएर राष्ट्रपतिको सहारामा संसदको विघटन गर्दा संविधान, लोकतन्त्रविरोधी कदम चालेको बताए । यसका विरुद्धमा कांग्रेस चुप लागेर नबस्ने उनको भनाइ थियो ।

थापाले देश नै अनिश्चयमा फस्ने अहिलेको अवस्था ओलीबाट मात्र आएको नभई यसमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल पनि दोषी रहेको बताए ।

तीन वर्षअघि भएको दुई पार्टीको ‘अपवित्र’ गठबन्धनको परिणाम देश, जनता र संसदले भोग्नुपरेको उनले बताए।

विद्यमान समस्याको कारण प्रधानमन्त्री बन्न पाइन्छ भन्ने नेकपा अध्यक्ष प्रचण्डको आकांक्षाले पनि काम गरेको उनको भनाइ थियो ।

संसद विघटन गरेर ओली सरकारले चुनावको मिति घोषणा गरेको भए पनि चुनाव हुनेमा आशंका रहेको भन्दै उनले यसतर्फ कांग्रेस सचेत हुनुपर्ने बताए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ५ : ३३ बजे

संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं– जेन-जी आन्दोलनपछि विघटित संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा

मैले दिएको सुझावविपरीत सरकार गठन भयो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको विषयमा

तिहारमा अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न आग्रह

काठमाडौं– नेपाल प्रहरीले सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ

जेन–जी युवाले झण्डा ओढेर संसद्‍मा आगो लगाउन सक्दैनन्, गोलीकाण्ड नियोजित थियो

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ

२२ अंकले घट्यो नेप्से, २०६ वटा कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.५८ अंकले गिरावट आएको