प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट : एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा  | Khabarhub Khabarhub

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट : एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा 


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको लमहीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ समूह ‘ ए ’को विजेता बन्दै सेमिफाइनल पुगेको छ ।

समूहको अन्तिम तथा निर्णायक खेलमा लुम्बिनीलाई ६१ रनले पराजित गरेसँगै एपीएफ समूह विजेता बनेको हो । भने लुम्बिनी समूहको उप –विजेता बन्दै सेमिफाइनल पुगेको छ ।

अब एपीएफले सेमिफाइनलमा समूह ‘बी’ को उप –विजेता सँग खेल्नेछ । भने लुम्बिनीले समूह ‘बी‘ को विजेतासँग खेल्नेछ ।

यता खेलमा एपीएफले प्रस्तुत गरेको १ सय २३ रनको विजयी लक्ष्यलाई पछ्याएको लुम्बिनीले निर्धारित २० ओभर पूरै खेल्दै ६१ रनमा सिमित हुन् पुग्यो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ११ रन र सरस्वति पुनले अविजित रहदै १० रन बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न सकेनन् ।

बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का र रेखा रावलले १-१ हात पारे ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।

एपीएफले मध्यम योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याटरद्वय ज्योती पाण्डे र राजमती एरीले ठोस सुरुवात दिलाएका थिए । त्यस क्रममा यी दुई बीच ४४ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो ।

८.३ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएकी राजमतीले २५ बलको सामना गर्दै ११ रन बनाइन् । राजमती आउट भएपछि ज्योतीलाई साथ दिन इन्दु वर्मा मैदान आएकी थिइन् । जस अन्तर्गत यी दुईबीच दोस्रो विकेटका लागि ६६ रनको साझेदारी हुन् पुगेको थियो ।

१७.४ ओभरमा टिमको स्कोर १ सय ४ रन हुँदा दोस्रो विकेटका रुपमा आउट भएकी इन्दुले ३० बलमा ४ चौकासहित २८ रन बनाइन् ।

त्यसपछि ज्योती ४९ रन बनाएर आउट हुन् पुगिन् । अर्धशतक बनाउनमा मात्र १ रनले चुकेकी ज्योतीले उक्त रन बनाउने क्रममा ५४ बलको सामना गर्दै १ चौका समेत प्रहार गरिन् । यस्तै ममता चौधरीले ४ रन बनाउँदा सरिता मगर र सोनु खड्काले अविजित रहदै क्रमशः १० र २ रन बनाए ।

बलिङतर्फ लुम्बिनीकी कप्तान नेरी थापाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । भने कृतिका मरासैनी र सरस्वती पुनले १–१ विकेट हात पार्न सफल भइन् ।

अब प्रतियोगितामा मंगलबार देखि समूह ‘बी’ का खेलहरु सुरु हुनेछ । जस अन्तर्गत दिनको पहिलो खेलमा सुदुर पश्चिमले गण्डकी प्रदेशको सामना गर्दा दिनको दोस्रो खेलमा बागमतीले प्रदेश १ को सामना गर्नेछ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : ४० बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म