प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट : एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा  « Khabarhub

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट : एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा 


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको लमहीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ समूह ‘ ए ’को विजेता बन्दै सेमिफाइनल पुगेको छ ।

समूहको अन्तिम तथा निर्णायक खेलमा लुम्बिनीलाई ६१ रनले पराजित गरेसँगै एपीएफ समूह विजेता बनेको हो । भने लुम्बिनी समूहको उप –विजेता बन्दै सेमिफाइनल पुगेको छ ।

अब एपीएफले सेमिफाइनलमा समूह ‘बी’ को उप –विजेता सँग खेल्नेछ । भने लुम्बिनीले समूह ‘बी‘ को विजेतासँग खेल्नेछ ।

यता खेलमा एपीएफले प्रस्तुत गरेको १ सय २३ रनको विजयी लक्ष्यलाई पछ्याएको लुम्बिनीले निर्धारित २० ओभर पूरै खेल्दै ६१ रनमा सिमित हुन् पुग्यो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ११ रन र सरस्वति पुनले अविजित रहदै १० रन बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न सकेनन् ।

बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का र रेखा रावलले १-१ हात पारे ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।

एपीएफले मध्यम योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याटरद्वय ज्योती पाण्डे र राजमती एरीले ठोस सुरुवात दिलाएका थिए । त्यस क्रममा यी दुई बीच ४४ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो ।

८.३ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएकी राजमतीले २५ बलको सामना गर्दै ११ रन बनाइन् । राजमती आउट भएपछि ज्योतीलाई साथ दिन इन्दु वर्मा मैदान आएकी थिइन् । जस अन्तर्गत यी दुईबीच दोस्रो विकेटका लागि ६६ रनको साझेदारी हुन् पुगेको थियो ।

१७.४ ओभरमा टिमको स्कोर १ सय ४ रन हुँदा दोस्रो विकेटका रुपमा आउट भएकी इन्दुले ३० बलमा ४ चौकासहित २८ रन बनाइन् ।

त्यसपछि ज्योती ४९ रन बनाएर आउट हुन् पुगिन् । अर्धशतक बनाउनमा मात्र १ रनले चुकेकी ज्योतीले उक्त रन बनाउने क्रममा ५४ बलको सामना गर्दै १ चौका समेत प्रहार गरिन् । यस्तै ममता चौधरीले ४ रन बनाउँदा सरिता मगर र सोनु खड्काले अविजित रहदै क्रमशः १० र २ रन बनाए ।

बलिङतर्फ लुम्बिनीकी कप्तान नेरी थापाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । भने कृतिका मरासैनी र सरस्वती पुनले १–१ विकेट हात पार्न सफल भइन् ।

अब प्रतियोगितामा मंगलबार देखि समूह ‘बी’ का खेलहरु सुरु हुनेछ । जस अन्तर्गत दिनको पहिलो खेलमा सुदुर पश्चिमले गण्डकी प्रदेशको सामना गर्दा दिनको दोस्रो खेलमा बागमतीले प्रदेश १ को सामना गर्नेछ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : ४० बजे

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा