छात्रावास तोडफोडको आरोपमा चिकित्सक पक्राउ « Khabarhub

छात्रावास तोडफोडको आरोपमा चिकित्सक पक्राउ


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छात्रावासमा रहेका एक इन्टर्न डाक्टरले बाहिरबाट साथी ल्याएर तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति रोशन यादव र उनका साथी केशव यादवले रक्सी खाई मातेर होस्टल बाहिरका साथीसमेत ल्याई तोडफोड गरेको प्रतिष्ठान होस्टल प्रशासनले जनाएको छ ।

घटनालगत्तै उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मादकपदार्थ सेवन गरेका यादव सप्तरी भारदहका साथी केशवलाई लिएर होस्टल पुगेका थिए ।

सुरक्षाका लागि होस्टलमा राखिएका सुरक्षा गार्डलाई समेत धम्काएर उनीहरु प्रवेश गरेको बताइएको छ । तोडफोडमा संलग्न इन्टर्न यादव पटकपटक कानूनी कारवाहीमा परेका व्यक्ति भएको प्रतिष्ठानले जनाएको छ ।

सप्तरी भारदह घर भएका यादव बिपी प्रतिष्ठानबाट एमबिबिएस सकेर एक वर्ष इन्टर्न कोर्ष गर्दै थिए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ७ : ४९ बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही