नेकपाको किचलो खेलकुदमा – बोर्डले पूणता नपाउँदै सदस्यको राजीनामा « Khabarhub

नेकपाको किचलो खेलकुदमा – बोर्डले पूणता नपाउँदै सदस्यको राजीनामा


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड सदस्य अर्जुन केसीले पदबाट राजीनामा दिएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न चालेको कदम गलत भएको उल्लेख गर्दै पदबाट राजीनामा दिएका हुन्।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गते कार्यनयनमा आएपछि गठन भएको राखेपमा उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट सदस्यमा नियुक्त भएका थिए।

बोर्डले पूणता नपाउँदै केसीले राजीनामा दिएका छन्। उनले युवा तथा खेलकुद मन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।

`प्रधानमन्त्री ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदमविरुद्व सिंगो देश आन्दोलनमा रहेका बेला अबैधानिक सत्ताको पक्षमा रहेर उसका हतकण्डाको रमिते बन्नु उचित रहेन’, भन्दै राजीनामा दिएको स्पष्ट पारेका छन्।

नेकपा राजनीतिको छिटा खेलकुदमा पनि परेको छ। उनी पुष्पकमल दाहाल-माधव कुमार नेपमल समुहलाई समर्थन गर्दै राखेपबाट बाहिरिएका छन्। यसअघि प्रधानमन्त्रीले केन्द्रीय सदस्य मनोनित गर्दा राखेप सदस्यसचिव रमेश कुमार सिलवाल पनि परेका थिए।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १२ : ५४ बजे

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको