नेकपाको किचलो खेलकुदमा – बोर्डले पूणता नपाउँदै सदस्यको राजीनामा « Khabarhub

नेकपाको किचलो खेलकुदमा – बोर्डले पूणता नपाउँदै सदस्यको राजीनामा


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड सदस्य अर्जुन केसीले पदबाट राजीनामा दिएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न चालेको कदम गलत भएको उल्लेख गर्दै पदबाट राजीनामा दिएका हुन्।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गते कार्यनयनमा आएपछि गठन भएको राखेपमा उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट सदस्यमा नियुक्त भएका थिए।

बोर्डले पूणता नपाउँदै केसीले राजीनामा दिएका छन्। उनले युवा तथा खेलकुद मन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।

`प्रधानमन्त्री ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदमविरुद्व सिंगो देश आन्दोलनमा रहेका बेला अबैधानिक सत्ताको पक्षमा रहेर उसका हतकण्डाको रमिते बन्नु उचित रहेन’, भन्दै राजीनामा दिएको स्पष्ट पारेका छन्।

नेकपा राजनीतिको छिटा खेलकुदमा पनि परेको छ। उनी पुष्पकमल दाहाल-माधव कुमार नेपमल समुहलाई समर्थन गर्दै राखेपबाट बाहिरिएका छन्। यसअघि प्रधानमन्त्रीले केन्द्रीय सदस्य मनोनित गर्दा राखेप सदस्यसचिव रमेश कुमार सिलवाल पनि परेका थिए।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १२ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै