चिनियाँ प्रतिनिधिमण्डल र सभापति देउवाबीच भेटवार्ता « Khabarhub

चिनियाँ प्रतिनिधिमण्डल र सभापति देउवाबीच भेटवार्ता


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेको छ।

सभापति शेरबहादुर देउवासँग भेट्न चिनियाँ टोली बुढानिलकण्ठ पुगेको थियो । भेटका क्रममा नेपाल-चीन सम्बन्धका बारेमा छलफल भएको छलफलमा सहभागी परराष्ट्रविद् डाक्टर निदेशभन्द्र भट्टराईले बताए ।

उनले भने,‘भेटका क्रममा दुई देशको सम्बन्धका बारेमा कुराकानी भयो । सरकार रहँदा र बाहिर रहँदा पनि चीनप्रति नेपाली कांग्रेसको समान धारणाको उहाँले प्रशंसा गर्नुभयो ।’

भेटका क्रममा सभापति देउवाले चिनिया कम्युनिस्ट पार्टी स्थापनाको एकसय वर्ष पुगेकोमा बधाई दिएको समेत डाक्टर भट्टराईले बताए ।

उनले भने,‘सभापतिजीले चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष पुगेकोमा शुभकामना दिनुभयो । उहाँहरुले चिनिया कम्युनिस्ट पार्टीको स्थापनाको एकसयवर्ष पुगेको अवसरमा हुने कार्यक्रमका लागि सि चिन पिङको निम्तो पनि दिनुभयो ।’

छलफलका क्रममा कांग्रेस नेता बीपी कोइरालाले नेपाल-चीन सम्बन्ध गाँस्नका लागि आधारशीला खडा गर्न योगदान दिएको विषयमा समेत चर्चा भएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ५ : १७ बजे

मधेशवादी दलका नेताले प्रधानमन्त्रीलाई सोधे : ताकेरै कम्मरमाथि गोली चलाउन कसले आदेश दियो ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलहरूसँग छलफल गरेका छन्।

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैङ्क

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

जेनेभा– फिफा विश्वकपलगायतका प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्र्याउने अध्यक्ष