प्रिमियर लिगमा शीर्षको होड– लिभरपुलले सिटीलाई उछिन्यो « Khabarhub

प्रिमियर लिगमा शीर्षको होड– लिभरपुलले सिटीलाई उछिन्यो


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिगमा कार्डिफ सिटीलाई पराजित गरेको लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा कार्डिफलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले शनिवार शीर्ष स्थानमा उक्लिएको म्यानचेस्टर सिटीलाई पछि पारेको हो ।

कार्डिफको घरेलु मैदानमा लिभरपुलको जीतमा जर्जिनियो विजनाल्डम र जेम्स मिल्नरले समान एक–एक गोल गरेका थिए । खेलको ५६ औं मिनेटमा विजनाल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यस्तै, खेलको ८१ औं मिनेटमा मिल्नरले पेनाल्टीमार्फत् गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे ।

जितसंगै शीर्ष स्थानको लिभरपुल दोस्रो स्थानको सिटी भन्दा २ अंकले अघि रहेको छ । लिभरपुलले ३५ खेलबाट ८८ अंक जोडेको छ । सिटीले ८६ अंक छ । उपाधिका लागि सिटी र लिभरपुलबीच निकै प्रतिस्पर्धा भइरहँदा खेल पनि रोचक हुँदै गएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : २२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना