नर्वेमा पहिरो : २० जना बेपत्ता, सयौँ विस्थापित « Khabarhub

नर्वेमा पहिरो : २० जना बेपत्ता, सयौँ विस्थापित


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नर्वेमा भएको पहिरोसम्बन्धी घटनाका कारण अहिलेसम्म २० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।

घटनामा अरु १० जना घाइते भएका छन् भने ५०० भन्दा बढी विस्थापित भएको अधिकारीहरूले जनाएका छन् ।

पहिरोको घटना ओस्लो नजिकैको एउटा सानो गाउँमा भएको स्थानीय प्रहरी र सञ्चारमाध्यमहरूले जनाएका छन् ।

‘घटनास्थलका सयौँ घर बगाएको वा पुरिएको पनि अधिकारीहरूले जनाएका छन् । धेरै घरहरू पहिरोले नष्ट गरेको छ, उनीहरू केही पुरिएको छ भने केही बगाएको छ,’ एक प्रहरीले भने ।

घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ उद्धारकर्ताहरूको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धारमा खटिएको थियो ।

झण्डै दुई लाख १० हजार बर्गमिटर क्षेत्रफलको भूमिमा पहिरो गएको हो । ‘त्यस क्षेत्रमा झण्डै पाँच सय मानिस बस्ने गर्दथ्ये । उनीहरू अहिले विस्थापित भएका छन्,’ अर्का एक अधिकारीले भने ।

प्रहरीले थपे, ‘अहिले सम्पर्क विहीन भएका व्यक्तिहरूलाई खोजी गर्ने वा सम्पर्क गर्ने प्रयास प्रहरीले गरिरहेको छ, तर अहिलेसम्म केही पत्ता लगाउन सकेको छैन ।’

घाइते दश जनामध्ये नौ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  गम्भीर अवस्थामा रहेका एक जनालाई भने थप उपचारका लागि ओस्लो पठाइएको प्रहरीले जनाएको छ ।

पहिरोबाट पीडितहरूले प्रहरीलाई फोन गरेर पहिरोले आफूहरूको घर नै बगाएको जानकारी दिएका थिए । पहिरो आउनु, घर बगाउनु नाटक वा सपना जस्तै भएको पीडितहरूको भनाइ छ ।

नर्वेका प्रधानमन्त्री इर्ना सेल्बेर्गले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनले पीडितहरूलाई राहत तथा सहयोगको व्यवस्था हुने विश्वास पनि दिलाएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ६ : २९ बजे

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद