पश्चिमी वायुको प्रभावले पहाडी भेगमा आंशिक बदली « Khabarhub

पश्चिमी वायुको प्रभावले पहाडी भेगमा आंशिक बदली


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

पश्चिमी वायुको प्रभावले अहिले मुलुकभर पहाडी भेगमा आंशिक बदली अवस्था रहेको छ भने पश्चिमी तराईका क्षेत्रमा हुस्सु लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भाग बाहेकका क्षेत्रमा भने मौसम सामान्यता सफा रहेको छ ।

काठमाण्डौ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम एक दशमलव दुई डिग्री सेल्सियस मापन गरिएको छ । आज अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीचमा रहने अनुमान गरिएको छ ।

पश्चिमी वायुको प्रभावले आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली  प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

चिसो रहिरहने भएकाले तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ७ : २२ बजे

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका