दाहाल-नेपाल समूहको प्रदेश-१ संसदीय दलको नेतामा भीमप्रसाद आचार्य चयन « Khabarhub

दाहाल-नेपाल समूहको प्रदेश-१ संसदीय दलको नेतामा भीमप्रसाद आचार्य चयन


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले  प्रदेश- १ को संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरेको छ ।

नेकपा संसदीय दलको नेता तथा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको दाहाल– नेपाल समूहले राईलाई कारबाही गर्दै दलको नेतामा आचार्यलाई चयन गरेको हो ।

संसदीय दल भित्र अविश्वासको प्रस्ताव दर्ता भएकाले दलको नेताबाट राईलाई निस्कासन गरी आचार्यलाई चयन गरेको जानकारी प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको नेता जीवन घिमिरेले जानकारी दिए ।

राईलाई हटाएको जानकारी गराइएको पत्रमा ३६ जनाको हस्ताक्षर छ । यसअघि अविश्वासको प्रस्तावमा ३७ जनाको हस्ताक्षर थियो । हस्ताक्षर गर्ने सांसद कला घले ओली पक्षमा लागेकी छन् ।

दाहाल-नेपाल समूहले बुधबार बागमती प्रदेशको संसदीय दलको नेता पनि चयन गरेको थियो ।

मुख्यमन्त्री डोममणि पौडेललाई हटाएर सो समूहले अष्टलक्ष्मी श्रेष्ठलाई नेता चयन गरेको थियो ।

पुस ५ प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपामा एकले अर्कालाई कारबाही गर्ने क्रम बढ्दै गएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  १२ : ३६ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि