संसद विघटनको विरोध गर्दै महिला संगठनले सभामुखलाई बुझाए ध्यानाकर्षण पत्र « Khabarhub

संसद विघटनको विरोध गर्दै महिला संगठनले सभामुखलाई बुझाए ध्यानाकर्षण पत्र


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदमा प्रतिनिधित्व गर्ने विभिन्न चारवटा राजनीतिक दल आवद्ध महिला संगठन र सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विघटन गरेको र त्यो खारेज हुनुपर्ने माग गर्दै अखिल नेपाल महिला संघ, समाजवादी महिला संघ र विवेकशिल साझा महिलाकातर्फबाट पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको स्पष्ट गर्दै यसअघि पुस ८ गते वक्तव्य मार्फत आफ्नो आधिकारीक धारणा सार्वजनिक गरिसकेको बताए ।

उनले संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफूसँधै समर्पित रहने प्रतिवद्धता व्यक्त गरे । सभामुख सापकोटाले संसद विघटनका बारेमा बृहत रुपमा राय, सल्लाह, सुझाव लिइरहेको र परामर्श गरिरहेको समेत जानकारी दिए ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  २ : ०९ बजे

एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने

काठमाडौँ– नेकपा एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने पक्का

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई हराउँदै एस्टन भिल्लाले अर्को

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति

अनलाइनमार्फत घरमै नक्सा प्राप्त

भोजपुर– प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त