ओली निर्वाचित ‘तानाशाह’ बन्न खोजेको नेता पौडेलको आरोप « Khabarhub

ओली निर्वाचित ‘तानाशाह’ बन्न खोजेको नेता पौडेलको आरोप


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली निर्वाचित तानाशाह बन्न खोजेको आरोप लगाएका छन् ।

४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कास्की कांग्रेसले बिहीबार पोखरामा गरेको कार्यक्रममा उनले केपी ओली निर्वाचित तानाशाह बन्न खोजेको आरोप लगाएका हुन् ।

उनले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै संयुक्त आन्दोलनबाटै निकास खोज्नुपर्ने जनाए । उनले सबै मिले राष्ट्रियता र संविधान बचाउनु पर्नेमा जोड दिए ।

उनले अरुको इशारामा यो राष्ट्रलाई भूमरीमा धकेल्ने प्रयास भएको बताउँदै प्रतिनिधिसभाको पुन:स्थापना हुनेमा विश्वास व्यक्त गरे ।

नेता पौडेल विघटित संसद पुन:स्थापनाको आन्दोलनमा कम्युनिस्ट (दाहाल–नेपाल) पक्षसँग कांग्रेस मिल्नुहुँदैन भन्नेहरु दरबार परस्त भएको बताए । इतिहासमा कम्युनिस्टसँग मिलेर चलाइएका संयुक्त संघर्षबाट कांग्रेसलाई कहिल्यै घाटा नभएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ७ : १८ बजे

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी