राष्ट्रिय जलवायु सम्मेलन शुक्रबार « Khabarhub

राष्ट्रिय जलवायु सम्मेलन शुक्रबार


१६ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– स्थानीय गुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु सम्मेलन गरिने भएको छ ।

जिल्ला समन्वय समिति राष्ट्रिय महासङ्घका उपाध्यक्ष सन्तमान तामाङका प्रमुख आतिथ्यतामा शुक्रबार हुने कार्यक्रममा ७७ जिससका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै विषयगत कार्यलयका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै स्थानीय तहका प्रतिनिधिलगायत अन्य सरोकार निकायको सहभागिता रहने छ ।

मेलम्ची नगरपालिका वडा नं ९ गुफाडाँडामा विगत वर्ष जस्तै यस वर्ष पनि दोस्रो जलवायु सम्मेलन, दिवस तथा अन्तरक्रिया आयोजन गरिने जिससले जनाएको छ ।

सम्मेलनका अवसरमा यस वर्ष ७८ झण्डोत्तोलन, जलवायु परिवर्तन एवम् कोभिड –१९ सम्बन्धी सन्देशमूलक तुल प्रदर्शन र जलवायु परिवर्तनसम्बन्धी अन्तक्र्रिया गरिने सिन्धुपाल्चोक जिसस प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

विसं २०७५ को पहिलो जलवायु सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले गुफाडाँडामा उद्घाटन गरेकी थिइन ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ९ : ०१ बजे

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार