स्वार्थका लागि कार्यकर्ता भिडाउने राजनीतिविरुद्ध लागेको प्रधानमन्त्री ओलीको दाबी | Khabarhub Khabarhub

स्वार्थका लागि कार्यकर्ता भिडाउने राजनीतिविरुद्ध लागेको प्रधानमन्त्री ओलीको दाबी


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीतिविरुद्ध आफू लाग्ने बताएका छन ।

नेपाल स्काउटद्वारा आज आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा सम्बोधन गर्दै उनले बालबालिकाले त्यस्ता फोहोरी राजनीतिबाट प्रभावित नभई इमानदार, विवेकशील र जनताको सेवा गर्ने क्षेत्रका रुपमा राजनीतिलाई बुझ्न आग्रह गरे ।

बालबालिका र राजनीतिका सन्दर्भमा सोधिएको प्रश्नमा उनले बालबालिकाले प्रत्यक्ष राजनीतिमा लाग्न नहुने तर यसलाई ढाँटछल, संविधानविरोधी तथा बेइमानीका रुपमा नबुझ्न आग्रह गर्दै राजनीति बिग्रिएमा त्यसलाई सही बाटोमा ल्याउने कामको नेतृत्व आफूले गर्ने अवगत गराए ।

प्रम ओलीले राजनीति वा सबै क्षेत्रमा सर्वसम्मत हुन नसक्ने सन्दर्भ उल्लेख गर्दै आफूलाई विरोध गर्नेहरु कोही नजिक आएर नबुझिकन विरोध गर्ने, कोही विरोधका लागि विरोध गर्ने र कोहीले सत्यलाई असत्य ठानेर स्वार्थवस अर्काे दलमा भएका कारण विरोध गर्ने गरेको बताए ।

उनले भने, “मानिसलाई उसले समृद्धिले मात्रै पुग्दैन, त्रास र असुरक्षा छ भने सुख हुँदैन, समाजमा शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ, अधिकार पायो तर त्यसको प्रयोग गर्ने वा प्रतिभाको प्रस्फुटन हुने वातावरण नभए ऊ सुखी हुँदैन, हामी हरेक व्यक्ति सम्मानित जीवन जिउन पाओस् भन्ने चाहान्छौँ ।”

उनले भ्रुणको अवस्थादेखि वृद्धावस्थासम्म सुखी र भयरहित जीवन बाँच्न पाउनुपर्ने भएकाले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा साकार पारेर छाड्ने सङ्कल्प व्यक्त गरे ।

‘बलात्कारका घटना रोक्न के कस्ता प्रयास गर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?’ भन्ने एक बालिकाको प्रश्नमा प्रधानमन्त्री ओलीले यस देश र विश्वका सम्पूर्ण बालबालिका हाम्रो भोलिको भविष्य भएको उल्लेख गर्दै नारीहरु पूजिने ठाउँमा देवता पनि रमाउँछन् भन्ने शास्त्रीय मान्यता रहेको सन्दर्भमा समाजले महिलालाई सम्मान र महत्व दिने गरेको बताए ।

उनले चेलीहरु दुर्व्यहार र बलात्कारमा पर्नु अमानवीय र घृणित अपराध भएकाले यस्ता अपराध रोक्न कानून कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले बालबालिकासँग नै देशको भविष्य हुने भएकाले उनीहरुलाई इर्श्याभाव नराख्न, अरुको प्रगतिमा खुशी हुन, सबैसँग मिठो बोल्न र असल कर्ममा अघि बढ्न पनि आग्रह गरे ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ६ : २५ बजे

हुँदै नभएको विद्यालयलाई कीर्ते भवन बनाएर भुक्तानी, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मङ्गलबार

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन

मेड्रिड– प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल

कांग्रेस नेताहरू भित्र चर्काचर्की गर्दै, बाहिर ‘ब्लड प्रेसर’ नाप्दै (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार चौथो दिन जारी

संविधानमा भएका महत्त्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमा भएका

गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको