सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने प्रचण्ड–नेपाल पक्षको घोषणा (भिडियोसहित) | Khabarhub Khabarhub

सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने प्रचण्ड–नेपाल पक्षको घोषणा (भिडियोसहित)

पुस २० देखि माघ २३ गतेसम्मका कार्यक्रम तय


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा देशव्यापी आन्दोलन गर्ने घोषणा आज पत्रकार सम्मेलनबाट गरिएको हो ।

आन्दोलन शान्तिपूर्ण हुने भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभरबाट सरकारको खबरदारी गर्ने बताए ।

आन्दोलनका कार्यक्रम पुस २० गतेदेखि माघ २३ गतेसम्मका कार्यक्रम रहेका छन् । आन्दोलन अन्तर्गत जिल्ला, पालिका, वडा तहसम्म अन्तर्क्रिया, छलफल, विरोध प्रदर्शन लगायतका छन् ।

आगामी माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रमा मोटरसाइकल र्‍याली गर्ने कार्यक्रम रहेको छ । संसद पुनःस्थापनाको माग गर्दै प्रचण्ड–नेपाल नेकपाले पहिलो चरणको आन्दोलन गरिसकेको छ ।

संसद विघटन गर्दै सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ ।

हेरौँ भिडियो

हेर्नुहोस प्रचण्ड नेपाल समूहको विज्ञप्ति

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ३ : ४८ बजे

पूर्व प्रधानमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल

जन्मदिन मनाउँदै पूर्वराजा : निर्मल निवासमा शुभकामना दिनेको लाइन (तस्बिरहरू)

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाइरहेका छन् ।

पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड  हेरिटेज

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प, बिरामी मर्कामा 

काठमाडौं– उपभोक्ता अदालतको फैसलाबिरुद्ध आन्दोलनरत नेपाल चिकित्सक संघले सोमबार देशभरका

एएफसी क्वालफायर खेलेर फर्कियो महिला फुटबल टोली (तस्बिरहरू)

काठमाडौं– एएफसी क्वालफायर खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश