प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा उपाधि भिडन्त आज « Khabarhub

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा उपाधि भिडन्त आज

प्रदेश १ र एपीएफ खेल्दै


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । दाङको लमहीमा जारी प्रतियोगिताको उपाधिका लागि प्रदेश १ र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै टोली अपराजित रहँदै फाइनल पुगेका हुन् । साविक विजेतासमेत रहेको एपीएफले सेमिफाइनलमा साविक उपविजेता सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । यस्तै अर्को सेमिफाइनलमा घरेलु टोली लुम्बिनीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ ले फाइनलमा एपीएफसँग भेट पक्का गरेको हो ।

दुवै टोलीमा राष्ट्रिय टिमका खेलाडीहरुको वर्चस्व रहेकाले आजको फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

समूह चरणदेखि सेमिफाइनलसम्म दुवै टिमले एक पक्षीयरुपमा खेल जित्दै आएका थिए । यी दुई टिमको तुलनामा प्रदेशका अन्य टोलीहरु कमजोर देखिएका थिए ।

राष्ट्रिय टिमका कप्तान रुविना क्षेत्रीको कप्तानीमा प्रदेश १ मैदान उत्रँदैछ भने राष्ट्रिय टिमका उपकप्तान सीता राना मगरको कप्तानीमा एपीएफले खेल्दैछ ।

फाइनलसम्म आइपुग्दा अपराजित रहेका दुवै टोली त्यही नतिजालाई कायम राख्दै उपाधि आफ्नो पक्षमा पार्ने दाउमा छन् ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ९ : ५५ बजे

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको