ऊर्जामन्त्री रायमाझीले भने : प्रचण्ड-नेपालले देशलाई अस्थिरतामा धकेल्न खोजे « Khabarhub

ऊर्जामन्त्री रायमाझीले भने : प्रचण्ड-नेपालले देशलाई अस्थिरतामा धकेल्न खोजे


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देशलाई अस्थिरतामा धकेल्न खोजेको बताएका छन् ।

उनले नेकपामा दुर्घटना गराउनले पनि प्रचण्ड र नेपाल नै रहेको बताएका छन् ।

प्रेस संगठनले आइतबार बिहान सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा रायमाझीले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई असफल बनाउन प्रचण्ड–नेपाल सरकारबाहिर रहेका दलसँग गुहार माग्न गएको उनको आरोप छ । उनीहरुको यही व्यवहारले नेकपामा ठूलो दुर्घटना भएको रायमाझीले बताए ।

विगतमा प्रचण्डले आफू नेतृत्वसहित आठवटा सरकार ढालेको जनाउँदै रायमाझीले अहिले ओली नेतृत्वको सरकार पनि ढालेर देशमा अस्थिरता र अराजकता निम्त्याउन खोजेको आरोप लगाए । उनले भने, ‘सेनापतिसँग निहुँ खोजेर आफ्नै सरकार ढाल्नुभयो, उहाँ (प्रचण्ड)लाई सरकार ढाल्ने बानी परेको छ।’

पार्टी अध्यक्ष हुन दुई–चार महिना महाधिवेशन पर्खन नसक्ने, प्रधानमन्त्री हुन निर्वाचन कुर्न नसक्ने प्रचण्ड–नेपालको महत्त्वाकांक्षाकै कारण पार्टी विभाजन भएको रायमाझीको भनाइ छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १० : ५२ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग