अबको चुनावमा सबैलाई अचम्मित पार्ने गरी हाम्रो पक्षमा मत आउनेछ : ओली (भिडियोसहित) « Khabarhub

अबको चुनावमा सबैलाई अचम्मित पार्ने गरी हाम्रो पक्षमा मत आउनेछ : ओली (भिडियोसहित)


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले घोषित निर्वाचनमा सबैलाई अचम्मित बनाउने गरी आफ्नो पक्षमा मत परिणाम आउने दाबी गरेका छन्।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको वृहत कार्यकर्ता भेलामा उनले वैशाखमा हुने निर्वाचनमा आफ्नो पक्षमा सबैलाई चकित बनाउने गरी मत परिणाम आउने दाबी गरेका हुन ।

उनले भने, ‘घोषित निर्वाचनमा सबैलाई अचम्मित बनाउने गरी हाम्रो पक्षमा मत परिणाम आउनेछ ।’

उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई अहिले पनि कुर्सी खाली भएकाले पुनः पार्टीमा आउन समेत आग्रह गरे।

‘आउनुस्‚ कुर्सी यथावत् राखिएको छ। आउनु भएन भने पनि यो अभियान अघि बढ्छ‚’ ओलीले भने‚ ‘पिलो निचोरिँदैमा ओजन घटेको हुँदैन। अझ मजबुत भएर आन्दोलन अघि बढ्छ।’

उनले पार्टीमा दुर्गन्ध फैलाएकाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कारबाही गरिएको बताए ।

उनले दाहाल नेपाल पक्षको आन्दोलनप्रति व्यंग्य गर्दै ‘हामी यहाँ छौँ’ भन्ने होइन ‘म यहाँ छु’ भन्ने अवस्था आउने समेत चेतावनी दिएका छन्।

उनले भने, ‘हाम्रो केन्द्रीय कमिटीको बैठकमा नआएर केही साथीहरु कता हराउनु भयो भनेको हामी यहाँ छौँ भनेर छातीमा प्लेकार्ड बोकेर बसिरहनु भएको रहेछ। फेरि त्यहाँदेखि पनि उठेर कता जानु भएछ।’

हेरौँ भिडियो

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ५ : ४३ बजे

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न पर्याप्त स्रोतको आवश्यकता : युनिसेफ

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले सन् २०२६

साफ क्लब महिला च्याम्पियनसिप: एपीएफ र ट्रान्सपोर्टले बाँडे अंक

काठमाडौं– साफ क्लब महिला च्याम्पियनसिपमा घरेलु टोली सशस्त्र प्रहरी बलको

ललितपुरमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं- ललितपुरको यूएन पार्कमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको

यूक्रेनले ड्रोन आक्रमण गरेपछि मस्कोका विमानस्थलहरू प्रभावित

मस्को – रूसले रातभरि लगभग ३०० यूक्रेनी ड्रोन नष्ट गरेको

‘वनफूलको विद्रोह’ कविता कृति विमोचन

काठमाडौं – सभ्यता अन्वेषण केन्द्रले आज यहाँ आयोजित एक कार्यक्रमकाबीच