अवरोध हुँदै गए प्रदेशसभा पनि विघटन हुन सक्छ- मन्त्री तुम्बाहाङ्फे | Khabarhub Khabarhub

अवरोध हुँदै गए प्रदेशसभा पनि विघटन हुन सक्छ- मन्त्री तुम्बाहाङ्फे


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताजा जनादेशमा जाने निर्णय बाध्यात्मक भएको बताएकी छन् ।

आज विराटनगर आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तुम्बाहाङ्फेले पार्टीभित्रैबाट सरकारको काम कारवाहीमा अवरोध हुन थालेपछि ताजा जनादेशमा जाने निर्णय भएको बताइन् ।

तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने सम्भावना पनि कायमै रहेको बताएकी छन् । राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने उनको भनाइ छ ।

मन्त्री तुम्बाहाङ्फे तोकिएको मितिमा चुनाब गर्नका लागि सरकार लागि परेको बताइन् । ‘तोकिएको मितिमा चुनाब हुन्छ, त्यसका लागि आवश्यक सबै तयारी हुँदैछ,’ उनले भनिन्, ‘चुनाब हुने विषयमा शंका नगर्दा हुन्छ ।’

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १२ : ५९ बजे

त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं– त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली

फेवा सीमाङ्कन : पोखरा पर्यटन परिषदबाट विरोध, होटल संघ समर्थनमा

पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका