५० थान गोलीसहित त्रिभुवन विमानस्थलबाट पूर्वप्रहरी पक्राउ « Khabarhub

५० थान गोलीसहित त्रिभुवन विमानस्थलबाट पूर्वप्रहरी पक्राउ


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित झापाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

श्री एयरलाइन्सको १२ बजेर २५ मिनेटको उडानमा भद्रपुर जाने क्रममा झापा मेचीनगर-२ का बद्रीहाङ राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुरक्षा जाँचको क्रममा राईको साथबाट ९ एमएम पेस्तोलमा लाग्ने गोली बरामद गरिएको एसएसपी राजेशनाथ बाँस्तोलाले बताए ।

राई प्रहरी सेवाबाट केही समयअघि अवकाश भएका नायब निरीक्षक (सई) भएको खुलेको छ । उनले प्रहरी ज्याकेट लगाएर ५० थान गोली लिएर हिँडेका थिए ।

विमानस्थलको आन्तरिक उडानतर्फ जाँच गर्दा दर्ज्यानी चिन्हसहित आरसी राई लेखेको प्रहरी ज्याकेटको खल्तीमा सर्ट मेशीन गन (एसएमजी) र पेस्तोलमा प्रयोग हुने नाइन एमएमको गोली बरामद भएको हो ।  उनीमाथि थप अनुसन्धान भइरहेको एसएसपी बाँस्तोलाले बताए ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १ : २३ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका