निर्मला हत्याकाण्डमा कमजोरी गर्नेमाथि कारबाही गर्दा पनि सुख पाइएन : आइजी खनाल | Khabarhub Khabarhub

निर्मला हत्याकाण्डमा कमजोरी गर्नेमाथि कारबाही गर्दा पनि सुख पाइएन : आइजी खनाल


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रहरी महानिरीक्षक (आइजी) सर्वेन्द्र खनालले आफूमाथि कामै गर्न नसकेको आरोप लाग्ने भन्दै असन्तुष्टि पोखेका छन् ।

प्रहरी महानिरीक्षक खनालले निर्मला पन्त हत्याकाण्डमा कमजोरी गर्ने प्रहरीमाथि कारबाही गर्दा पनि आफूले सुख नपाएको सुनाए ।

आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला हत्याकाण्डको अनुसन्धान अहिले पनि जारी रहेको बताए । निर्मला हत्या प्रकरणमा प्रहरीले आफ्नो अनुसन्धानको कामलाई इमान्दारिताका साथ अघि बढाएको उनको दाबी थियो ।

आफूमाथि कामै गर्न नसकेको गुनासो आउनु न्यायोचित र तर्कसम्मत नहुने आइजी खनालले बताए ।

प्रहरी महानिरीक्षक खनालले विध्वंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिए ।

अहिलेसम्म विप्लव समूहका ३ सय २६ जनालाई नियन्त्रणमा लिइएको र अन्यलाई पनि नियन्त्रणमा लिएर कानूनी कारबाही हुने उनको भनाइ थियो ।

प्रहरी महानिरीक्षक खनालले हत्या र यौन शोषणको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध प्रणाण नपुगेको कारण कारबाही गर्न नसकिएको बताए । बम्जनविरुद्ध परेको उजुरीमाथि अनुसन्धान जारी रहेको र प्रमाण पुगे उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाइने खनालको भनाइ थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ४ : १९ बजे

बीपी कोइरालाको ११२औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं – नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो

मंगलबार बिहान ८:३० बजेदेखि काठमाडौंमा कर्फ्यू

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ।

जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा राप्रपाका केन्द्रीय सदस्य हमाल पक्राउ

काठमाडौं– जेन–जी पुस्ताले गरेको स्वतन्त्र आन्दोलनमा घुसपैठ गरेको आरोपमा प्रहरीले

सोमबार बानेश्वरमा दिनभर घुम्दा जे देखियो…

काठमाडौं– जेन–जी पुस्ताले भ्रष्टाचारविरूद्ध आन्दोलनको घोषणा गरेको थियो । सोमबार

जेनेभाबाट राष्ट्र संघले भन्यो–  नेपालमा प्रदर्शनकारीको हत्याले स्तब्ध भयौँ

काठमाडौं– सोमबार नेपालमा प्रदर्शनकारीहरूको हत्या भएकोमा संयुक्त राष्ट्र संघीय मानवअधिकार