संवैधानिक इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा « Khabarhub

संवैधानिक इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाइ गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा भएको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलासमा नबस्ने घोषणा गरेका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरुमाथि निरन्तर सुनुवाईको क्रममा थापाले न्यायाधीश कार्की विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागिता र निस्पक्षतामाथि प्रश्न उठाएका थिए ।

थापाको प्रश्नपछि प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा कुन न्यायाधीश बस्न मिल्ने र को नमिल्ने भन्ने प्रश्न नउठाउन वरिष्ठ अधिवक्ताहरुलाई आग्रह गरेका थिए ।

संवैधानिक परिषदमा सुरू भएको प्रतिनिधिसभा सम्बन्धी मुद्दाको अर्को सुनुवाइ अब अर्को बुधबार हुने गरी स्थगित भएको छ । आजको संवैधानिक इजलासले अर्को सुनुवाइ पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ३ : १९ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान