शेयर बजार १३ अंकले बढ्यो, ४ अर्ब ४२ करोडको कारोबार | Khabarhub Khabarhub

शेयर बजार १३ अंकले बढ्यो, ४ अर्ब ४२ करोडको कारोबार


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार परिसूचक नेप्से बुधबार १३ अंकले बढेको छ । नेप्से १३ दशमलव शून्य ७ अंकले बढेर २ हजार १ सय ७८ दशमलव ५७ विन्दुमा पुगेको छ ।

बुधबार व्यापार र जलविद्युत् बाहेक अरू सबैजसो समूहको शेयर बढेको छ ।

निर्जीवन बीमा समूहको शेयर १ सय १२ अंकले, माइक्रो फाइनान्सको ५६ अंकले, विकास बैंकको २२ र बैंक समूहको शेयर ११ अङंकले बढेको छ ।

बुधबार दुई सय पाँच कम्पनीका एक करोड पाँच लाख कित्ता शेयर चार अर्ब ४२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कालिका माइक्रो क्रेडिट विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । समग्र बजार बढे पनि जोशी हाइड्रोपावरका लगानीकर्ताले पाँच प्रतिशत गुमाएका छन् ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ५ : ११ बजे

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो

मादल बिक्री नभएपछि व्यवसायी निराश

ढोरपाटन– पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च