कागजको ट्रेलर सार्वजनिक गरेपछि चर्चामा पंकज त्रिपाठी « Khabarhub

कागजको ट्रेलर सार्वजनिक गरेपछि चर्चामा पंकज त्रिपाठी


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता डाइरेक्टर निर्माता सतीश कौशिकको नयाँ फिल्म ‘कागज’ चर्चामा छ । यस फिल्ममा अभिनेता पंकज त्रिपाठी मुख्य भूमिकामा छन् । सतीश कौशिकले कागजको निर्देशन गरेका छन् भने फिल्ममा अभिनय समेत गरेका छन् ।

सतीश कौशिकले यसअघि कैयौं फिल्मको निर्देशन गरेका छन् । तर हम आपके दिल मे रहते है, तेरे नामका अलावा उनी निर्देशित फिल्मले दर्शकको राम्रो प्रतिकृया पाउन सकेन । यस पटक आफ्ना पुराना दर्शक रुझाउने अभिप्रायले उनी कागजमार्फत फेरी एक पटक आएका छन् ।

कागजको ट्रेलर रिलिज भएको छ । यसलाई धेरै दर्शकले राम्रो प्रतिकृया दिएका छन् । ट्रेलरमा पंकज त्रिपाठीको अभिनयले चर्चा पाएको छ । पंकज यस फिल्ममा मुख्य भुमिकामा आउँदैछन् ।

सतीश कौशिकले अहिलेसम्म रूपकी रानी चोरों का राजा, प्रेम, हम आपके दिल में रहते हैं, हमारा दिल आपके पास है, मुझे कुछ कहना है, बधाई हो बधाई, तेरे नाम, वादा, शादी से पहले, कर्ज, तेरे संग, मिलेंगे मिलेंगे, गैंग्स अफ गोस्ट्स जस्ता फिल्म निर्देशन गरेका छन् । अब कागजले दर्शक कत्तिको रिझाउँछ त्यो भने हेर्न बाकीँ नै छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  २ : ०३ बजे

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक