युट्युबरको ‘कन्टेन्ट’ चोरी गरेर कमेडी च्याम्पियनमा छनोट ! « Khabarhub

युट्युबरको ‘कन्टेन्ट’ चोरी गरेर कमेडी च्याम्पियनमा छनोट !


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियालिटी शो कमेडी च्याम्यियनको दोस्रो सिजनले यतिबेला चर्चा कमाएको छ । यो सिजनको फिजिकल अडिसनमा छनोट भएका प्रतिस्पर्धी तापेश्वर सिंहले एक युट्युबरको कन्टेन्टलाई जस्ताको तस्तै कमेडी च्याम्पियनको स्टेजमा प्रस्तुत गरेका थिए ।

अझ रमाइलो कुरा त के छ भने, उनले प्रस्तुतिपछि ‘गोल्डेन की’ पनि जितेका थिए । सिरहाका तापेश्वर सिंहले चोरी गरी प्रस्तुति दिएको खुलेपछि कमेडी च्याम्पियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘कमेडी च्याम्पियन सिजन २ का एक कमेडीयनले अडिसनको कन्टेन्ट एक युट्युबरको कमेडी कन्टेन्टसँग मेल खान गएकोमा कमेडी च्याम्पियन परिवारको गम्भीर ध्यान आकर्षण भएको छ,’ कमेडी च्याम्पियन टिमले भनेको छ, ‘यसलाई लिएर हाम्रो टिमका बीच छलफल जारी छ र शीघ्र कदम चालिनेछ ।’

कमेडी च्याम्पियन टिमले भने ती प्रतिस्पर्धीको नाम खुलाएको छैन । दर्शकले भने अर्का कमेडीयन स्ट्यान्डअप कमेडीयन ‘युकेजी’ को कन्टेन्ट र उनले विभिन्न प्रस्तुतिमा बोलेको ‘ओएमजी आई एम सक्ड’ थेगोलाई कमेडी च्याम्पियनका एक प्रतिस्पर्धीले प्रयोग गरेकोप्रति आशंका गरेका छन् ।

कमेडीयन उमेश युकेजीले व्यक्तिले रियालिटी शोमा आफ्नो प्रस्तुति दिनुपर्नेमा अरुको चोरी गर्दा दुःखी लागेको प्रतिक्रिया दिएका छन् ।

यसअघि नेप–जिएसएमको आधिकारिक युट्युब च्यानलबाट प्रसारण भएका स्ट्यान्डअप कमेडीमा उमेशले ‘ओएमजी आई एम सक्ड’ भन्दै आएका थिए ।

कमेडी च्याम्पियनको पहिलो सिजनले गतवर्ष राम्रो चर्चा कमाएको थियो । तर, यसपटक भने चोरीको कन्टेन्ट प्रस्तुत प्रतिस्पर्धी छानिएपछि शुरु नहुँदै विवादमा तानिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ११ : ३१ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस