कंगोमा सेनाका जवानमाथि कुटपिट गर्ने अधिकृतलाई कारबाही « Khabarhub

कंगोमा सेनाका जवानमाथि कुटपिट गर्ने अधिकृतलाई कारबाही


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले कंगोमा जवानमाथि कुटपिटमा संलग्न अधिकृतलाई कारबाही गरेको छ ।

सैनिक अदालतले ९ जना सेनाका अधिकारीहरुलाई कारबाही गरेको छ । त्यसमा तीन जना अधिकृत रहेका छन् भने ६ जना अन्य दर्जाका रहेको सैनिक स्रोतले जानकारी दियो ।

तल्लो दर्जाका सैनिक अधिकृतहरुलाई कुटपिट गर्ने तीन जना सैनिक अधिकृतहरुलाई एक वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको छ ।

गत असोज ८ गते कंगोमा सह–सेनानी इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

मिसनमा खटिएका सैनिक जवानलाई ३ जना क्याप्टेन (सहसेनानी) ले कुटेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । छानबिनका लागि जेष्ठ सेनानीको नेतृत्वमा ‘कोट अफ इन्क्वायरी’ समेत गठन गरिएको थियो ।

त्यस्तै नेपाली सेनाबाट जारी गरिएको मिडिया नीति विपरित कार्य गर्ने र अरुलाई पनि भड्काउन प्रयास गर्ने एक जना सैनिकलाई ६ महिना कैदसहित भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय भएको छ ।

साथै सेनाको मिडिया नीति तथा सामाजिक सञ्जाल सम्बन्धी नीति र आचार संहिता विपरित कार्य गर्ने दुई जनालाई दुई वर्ष बढुवा रोक्का, एक जनालाई एक वर्ष बढुवा रोक्का र अर्को जनालाई पनि नसिहत दिइएको छ ।

मादक पदार्थ सेवन गरेर आफू भन्दा माथिल्लो अधिकृतले सुव्यवस्था कायम गर्न दिएको आदेशको अवज्ञा गर्ने एक जनालाई नसिहत दिइएको छ ।

कंगोमा भएको घटनापछि नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष वल्लभ पौडेलले एक विज्ञप्ति जारी गर्दै सैनिक आचारसंहिता अवज्ञा गर्नेलाई कारबाही गर्ने बताएका थिए ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १० : ०० बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा