काँग्रेस सभापति देउवा चढेको हेलिकोप्टर आकस्मिक अवतरण « Khabarhub

काँग्रेस सभापति देउवा चढेको हेलिकोप्टर आकस्मिक अवतरण


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौंबाट पर्वतका लागि उडेको हेलिकोप्टर मौसम खराबीका कारण पालुङटार नगरपालिका–२ आँपपीपलमा आकस्मिक अवतरण भएको हो ।

‘कैलाश एयरको हेलिकप्टर मध्याह्न करिब १२ः४५ बजे आँपपीपलमा फोर्स ल्याण्डिङ गरिएको हो”, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्रबहादुर गुरुङले भने,“ काँग्रेसका सभापति देउवा पर्वततर्फ जान लाग्नुभएको रहेछ ।”

आकस्मिक अवतरण गरिएको हेलिकप्टर करीब ३५ मिनेट आँपपीपलमै रोकिएको प्रहरी उपरीक्षक गुरुङले बताए । मौसममा सुधार आएलगत्तै हेलिकप्टर १ः२० बजे गोरखाबाट फेरि पर्वततर्फ उडेको प्रहरी उपरीक्षक गुरुङले बताए ।

स्थानीयवासी सञ्जीव रानाका अनुसार बाक्लो कुहिरो लागेका कारण रिपगाउँको कोदोबारीमा हेलिकप्टर अवतरण गरिएको थियो । सभापति देउवा पर्वतमा काँग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका हुन् ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ४ : ४६ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको