ताजा जनादेशमा जाने कुरा असंवैधानिक हुनै सक्दैन : सञ्चारमन्त्री गुरुङ « Khabarhub

ताजा जनादेशमा जाने कुरा असंवैधानिक हुनै सक्दैन : सञ्चारमन्त्री गुरुङ


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई सङ्कटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नुपरेको बताएका छन ।

‘नमस्ते ख्वप टेलिभिजन’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन अग्रगामी भएको स्पष्ट पारे ।

“मुलुकलाई सङ्कटबाट निकास दिन ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गरिएको हो,” सरकारका प्रवक्ता गुरुङले भने, “जनताको ताजा जनादेश लिएर मुलुकलाई निकास दिन प्रधानमन्त्रीले चालेको कदम प्रतिगामी नभई अग्रगामी हो ।”

उनले ताजा जनादेशमा जाने सरकारको निर्णय सही भए नभएको छुट्याउने काम जनताले निर्वाचनबाटै गर्ने बताए । लोकतान्त्रिक गणतन्त्रमा ताजा जनादेशमा जाने कुरा असंवैधानिक र प्रतिगामी हुनै नसक्ने उनको भनाइ थियो ।

मन्त्री गुरुङले जनतालाई सही सूचना दिने गरी सञ्चार प्रवाह गर्न सञ्चारमाध्यमलाई आग्रह आग्रह गर्दै सञ्चारमैत्री नीतिनिर्माणमा आफू केन्द्रित भएको दोहोर्‍याए । त्यसका लागि आफूले सरोकार निकायसँगको सहकार्यमा जोड दिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ७ : ०३ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको