ताजा जनादेशमा जाने कुरा असंवैधानिक हुनै सक्दैन : सञ्चारमन्त्री गुरुङ « Khabarhub

ताजा जनादेशमा जाने कुरा असंवैधानिक हुनै सक्दैन : सञ्चारमन्त्री गुरुङ


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई सङ्कटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नुपरेको बताएका छन ।

‘नमस्ते ख्वप टेलिभिजन’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन अग्रगामी भएको स्पष्ट पारे ।

“मुलुकलाई सङ्कटबाट निकास दिन ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गरिएको हो,” सरकारका प्रवक्ता गुरुङले भने, “जनताको ताजा जनादेश लिएर मुलुकलाई निकास दिन प्रधानमन्त्रीले चालेको कदम प्रतिगामी नभई अग्रगामी हो ।”

उनले ताजा जनादेशमा जाने सरकारको निर्णय सही भए नभएको छुट्याउने काम जनताले निर्वाचनबाटै गर्ने बताए । लोकतान्त्रिक गणतन्त्रमा ताजा जनादेशमा जाने कुरा असंवैधानिक र प्रतिगामी हुनै नसक्ने उनको भनाइ थियो ।

मन्त्री गुरुङले जनतालाई सही सूचना दिने गरी सञ्चार प्रवाह गर्न सञ्चारमाध्यमलाई आग्रह आग्रह गर्दै सञ्चारमैत्री नीतिनिर्माणमा आफू केन्द्रित भएको दोहोर्‍याए । त्यसका लागि आफूले सरोकार निकायसँगको सहकार्यमा जोड दिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ७ : ०३ बजे

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष