रणवीर सिंहको हातमा दीपिकाको ‘स्याण्डल’, तस्वीर बन्यो भाइरल | Khabarhub Khabarhub

रणवीर सिंहको हातमा दीपिकाको ‘स्याण्डल’, तस्वीर बन्यो भाइरल


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार रणवीर सिंह र दीपिका पादुकोण मुम्बईमा एक बिहे भोजको कार्यक्रममा पुगेका थिए । जहाँ रणवीर कालो पोशाकमा सजिएर गएका थिए भने दीपिका रातो र सेतो रंगको पोशाकसँगै साडीमा देखा परेकी थिइन् । उक्त तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

यी दुईको एउटा यस्तो तस्वीर सार्वजनिक भएको छ, जसमा रणवीर सिंहले हातमा चप्पल (स्याण्डल) समाएको देख्न सकिन्छ । त्यतिबेला दीपिका अतिथिसँग भेटघाट गर्नमा व्यस्त हुन्छिन् । त्यहाँ रणवीर दीपिकाको पछि हुन्छन् । उनको हातमा दीपिकाका स्याण्डल हन्छन् ।

पत्नीका स्याण्डल लिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । केही दिनअघि मात्र सोनम कपूरका पति आनन्द आहूजाले सोनमको जुत्ताको फित्ता बाँधेको तस्वीर पनि भाइरल भएको थियो ।

उक्त बिहे भोजमा रणवीर र दीपिकाको जोडीले सबैको ध्यान खिचे । यी दुईलाई प्रफेक्ट जोडीका रुपमा पनि लिने गरिएको छ ।

रणवीर सिंहको यस वर्ष ‘गल्ली ब्याइ’ रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा शानदार व्यापार गरेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  १२ : १६ बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना